२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र शिक्षक महासंघ सहमतिनजिक, आन्दोलन टुंग्याउने तयारी



अ+ अ-

काठमाडौं । सरकार र २८ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक सहमतिनजिक पुगेका छन् । शिक्षामन्त्री रघुजी पन्तले हिजो राति अबेरसम्म शिक्षक महासंघसँग वार्ता गरेका थिए । अब वार्ता सहमति नजिक पुगेकाले सम्झौताको तयारी छ ।

सहमतिलाई अन्तिम रुप दिन आज पनि वार्ता हुने भएको छ । सम्भवत: आजै सम्झौता गर्ने तयारी छ । मन्त्रालयसँग भएको सहमतिलाई मन्त्रिपरिषद्ले अनुगमद गरेपछि वार्ता टुंगिने छ ।

वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले गरेका छन् । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार छ ।

सरकार र महासंघले बीचको बाटो अपनाएर सहमतिको प्रयास गरिरहेको वार्तामा सहभागी एक सदस्यले बताए ।

शिक्षामन्त्री रघुजी पन्त पनि वार्ताको माध्यमबाट समाधान खोज्न लागिपरेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले पनि शिक्षकसँग वार्ता गर्न मन्त्री पन्तलाई नै जिम्मेवारी दिएको छ ।

सरकारसँग वार्तामा बस्नुअघि महासंघको पनि बैठक बसेको थियो । सरकारले गर्ने निर्णय गरेमा र ऐन जारी गर्ने सुनिश्चितता गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार भएको छ । त्यही कारण महासंघ वार्तामा बस्दा लचक भएर प्रस्तुत भएको हो ।

विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दै सामुदायिक विद्यालयका शिक्षकहरू गत चैत २० देखि निरन्तर आन्दोलनमा छन् ।