२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सहरी क्षेत्रमा अब नयाँ अस्पतालका लागि जग हाल्नु आवश्यक छैन’



eQmk’/, !% a}zfv M :jf:Yo tyf hg;+Vof dGqL k|bLk kf}8]n cfh ;f]daf/ g]kfn sf]l/of d}qL gu/kflnsf c:ktfnsf] !& cf}+ :yfkgf lbj; tyf /Qm ;~rf/ s]Gb|sf] pb3f6g ;df/f]xdf af]Nb} . tl:j/ M /d]z lu/L, /f;;
अ+ अ-

भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विशिष्टिकृत उपचार गर्ने नयाँ अस्पताल अब सहरी क्षेत्रमा थप गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

आज नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको १७औँ स्थापना दिवस तथा रक्त सञ्चार केन्द्रको उद्घाटन समारोहमा  उहाँले देशका सहरी क्षेत्रमा अब नयाँ विशिष्टिकृत अस्पताल खोल्न आवश्यक नभएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा अब नयाँ अस्पताल निर्माण गर्न जग हालिरहनुपर्दैन । भएकै अस्पतालको प्रभावकारी व्यवस्थापन गर्ने, गुणस्तरीय सेवा प्रदान गर्ने, पूर्ण प्रविधिमैत्री बनाउने र सबै उपचार गर्न सक्न गरी क्षमता वृद्धि गरे पुग्छ ।

उहाँले देशभरका छ हजार सात सय ४३ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पु-याउनुपर्ने र स्वास्थ्य सेवा पुगेका केन्द्रमा पूर्वाधार र प्रविधि नहुँदा गुणस्तरीय सेवा दिन नसकिरहेको बताउनुभयो ।

सरकारले नागरिकको स्वास्थ्य बिमाका लागि १० अर्बभन्दा बढी बजेट विनियोजन नगर्ने तर स्वास्थ्य बिमा बोर्डले बिभिन्न अस्पताललाई तिर्नुपर्ने रु ३७ अर्ब पुगिसकेको बताउँदै नागरिकमा आधारित बिमा व्यवस्था लागू गर्न नसके बिमा सङ्कटमा पर्ने उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “डुब्न लागेको बिमालाई उतार्नुछ भने राज्यको लगानी र नागरिकको योगदानमा आधारित बिमा प्रणाली लागू गर्नुपर्छ ।”मध्यपुरथिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले अस्पतालको गुणस्तरीय सेवा विस्तारका लागि नगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै अस्पतालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा डिके रोशनले देशकै अब्बल अस्पताल बनाउने लक्ष्यका साथ अघि बढिरहेको र हाल दैनिक एक हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।  रासस