२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयताका मर्मअनुसार कार्यक्रम सञ्चालन गरिनुपर्ने



अ+ अ-

महोत्तरी। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सङ्घीयताको मर्म अनुरुप नेपालका सबै प्रदेशमा उचित रुपमा विकासका कार्यक्रम सञ्चालन गरिनुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज बर्दिवासमा आयोजित ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ कार्यक्रममा उहाँले संविधानमा उल्लेख गरिएको हकअधिकार सदुपयोग हुने गरी सातवटै प्रदेशको विकासमा राज्यको भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रत्येक प्रदेशका विशेषता अनुसारको आआफ्नै समस्या रहेकाले त्यस्ता समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको विशेष पहलमा आज सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीलाई मधेस प्रदेशमा जमघट गराएर विकासका गतिविधि, सम्भावना, चुनौती र अभ्यासहरु साझा गरिएकामा मन्त्री दाहालले खुसी व्यक्त गर्नुभयो ।रासस