१ पुष २०८२, मंगलवार
,
Latest
पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व च्याम्पियनसिपकी कांस्य विजेतासँग देवकी पराजित



अ+ अ-

काठमाडौँ। नेपाली खेलाडी देवकीमाया श्रेष्ठ एसियाली जुडो च्याम्पियनसिपमा बलियो प्रतिद्वन्द्वी मंगोलियाकी नान्दिन इर्दिने म्यागमारसुरेनसँग पराजित भएकी छन् ।

थाइल्यान्डको बैंकमा भएको प्रतियोगितामा महिला ५२ केजीमुनिको प्रतिस्पर्धामा देवकी विश्व च्याम्पियनसिपकी कांस्य विजेता नान्दिनसँग पराजित भएकी हुन् । उत्कृष्ट प्रदर्शन गर्दै पूरा समय खेलेकी देवकी गोल्डेन स्कोरमा पराजित भएको प्रशिक्षक मोहन सुनुवारले जानकारी दिनुभयो । बन्दी सहायता नियोग (पाम) की उत्पादन देवकी विश्ववरीयतामा ३०४औँ तथा नान्दिन ७५औँ स्थानमा छन् ।

अप्रिल २५ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा देवकीसहित नेपालबाट छ खेलाडीले सहभागिता जनाएका थिए । महिला ५७ केजीमुनि ओलम्पियन मनीता श्रेष्ठ प्रधानले पहिलो चरणमा फिलिपिन्सकी खेलाडीलाई पराजित गरिन् भने दोश्रो चरणमा काजाकिस्तानकी खेलाडीसँग चुकिन् । महिला ७० केजीमुनि प्रतिस्पर्धामा भारतीय खेलाडीले रञ्जना खड्कालाई पाखा लगाइन् ।

पुरुष ६० केजीमुनि प्रतिस्पर्धामा विकास विकले तुर्कमिनिस्तानका खेलाडीलाई पराजित गरे भने दोश्रो चरणमा बहराइनका खेलाडीसँग पछि परे । यस्तै, ६६ केजीमुनिको स्पर्धामा विशेष विक तुर्कमिनिस्तान र ९० केजीमुनिमा विपिन तामाङ भियतनामका खेलाडीसँग पराजित भए । रासस