२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

राप्रपा नेपालको भोलिको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा, सबै राजाबादी हरु एउटै मञ्चमा हुने

राप्रपा नेपालको भोलिको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा, सबै राजाबादी हरु एउटै मञ्चमा हुने
अ अ+ अ-

काठमाडौं । राप्रपा नेपालको आयोजनामा भोलि भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा हुने भएको छ ।

पार्टीका महामन्त्री राजाराम बर्तौलाले आज बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिबर्तन गरिएको जानकारी दिए । चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरुको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको बिरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनाम भोलि काठमाडौंको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिएका छन् ।

“पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान बिचार भएका दल, समूह, अभियान , संघ-संस्था र ब्यक्तिहरुलाई सकृय सहभागिताको लागि पत्राचार गरेका छौ, सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौं, हामी उत्साहित छौ” उनले भने ।

पार्टी अध्यक्ष कमल थापाले बिभिन्न शिर्ष नेताहरुसङ्ग सम्पर्क ,समन्वय गर्नुभएको छ , राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टसङ्ग अध्यक्षज्युको कुरा भएको छ, आउने बचन दिनुभएको अध्यक्षज्युबाट जानकारी भएको छ बर्तौलाले थपे – राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बिपि), शिव सेना नेपाल लगायत विभिन्न संघ ,सस्थाहरुसङ्ग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ ।

उनले पार्टीको सम्पुर्ण संयन्त्र परिचालन भएको , तल्लो तहसम्म कृयाशिल भएको र भातृ संगठनहरु चलायमान भएको बताए । अनाबश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको ब्यबस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाईको निमित्त भातृ संगठन समन्वय बिभागले टिम निर्माण गरिसकेको पार्टीले जनाएको छ ।