२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’

‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
अ अ+ अ-

लुम्बिनी। बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्‍याउने व्यक्तिहरूको विषयमा अनुसन्धान र प्रवर्द्धन गर्ने घोषणा गरिएको छ । लुम्बिनीमा जारी ‘वान बेल्ट वान रोड’ नेपाल–चीन बौद्ध सांस्कृतिक सेमिनार सम्पन्न कार्यक्रममा आज यस्तो घोष्णा गरिएको हो ।

बौद्ध कला र संस्कृतिको गहन अनुसन्धानलगायत कार्य गर्ने प्रतिबद्धतासहित छ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्य र चीनको संस्कृति प्रवर्द्धन सोसाइटीका उपाध्यक्ष छन् होङ्ग छ्याङ्गले संयुक्त रूपमा घोषणापत्र जारी गर्नुभयो ।

बुद्धभद्र, अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग, मञ्जुश्रीबारे अनुसन्धान र प्रवर्द्धनमा विशेष जोड दिने घोषणामा उल्लेख छ । प्रधानमन्त्री एवं बौद्ध विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको सन् २०२४ मा भएको चीन भ्रमणका अवसरमा भएका सम्झौता र धारणाबमोजिम दुई देशको सम्बन्धलाई सुदृढ बनाउने घोषणापत्रमा जनाइएको छ ।

यस्तै, बौद्ध अध्ययन, पुरातत्व र संस्कृतिको संरक्षणमा प्राज्ञिक अनुसन्धान गर्न लुम्बिनी बौद्ध विश्वविद्यालयमा फासियान ह्वेनसाङ्ग छात्रवृत्ति कोष स्थापना गर्न चिनियाँ पक्षबाट रु ३८ लाख हस्तान्तरण गरिएको छ ।

लुम्बिनीको महत्वलाई मध्यनजर गर्दै बौद्ध कूटनीति र पर्यटन विकासमा जोड दिने, प्राचिक बौद्ध सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका गर्दै बौद्ध परम्परागत चिकित्सा पद्धतिको विकास र सम्बद्र्धन गर्ने सेमिनारले निचोड निकालेको छ । ‘वान बेल्ट वान रोड’ को आधारमा बौद्ध कला र संस्कृतिमा गहन शैक्षिक र सांस्कृति आदानप्रदान गर्नेसमेत घोषणा गरिएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र विचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना गरिएको थियो ।

दुईदिने सेमिनारमा बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर विभिन्न ४० वटा कार्यपत्र प्रस्तुत गरिएका संयोजक डा सागर न्यौपानेले जानकारी दिनुभयो । रासस