२५ कार्तिक २०८२, मंगलवार
,
Latest
बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण रैथाने बाली संरक्षणमा प्रदेश सरकार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावहरू कार्यान्वयन गर्न थालिसकेको छुः अर्थमन्त्री खनाल सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” ‘सिडिओ’ पैदलै गाउँमा आएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवदुर्गा जात्रा सम्पन्न



अ+ अ-

काभ्रेपलाञ्चोक। बनेपामा तीन दिनदेखि सञ्चालन भएको नवदुर्गा जात्रा आज सम्पन्न भएको छ । जात्राका क्रममा आज साँझ देवगणले नवदुर्गाको भेषमा नाचसँगै ‘माछा मार्ने’ काम सकेर जात्रा सम्पन्न गरिएको हो ।

विशेषगरी बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा समापनका अवसरमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा देवगणहरूको नाच हेर्न स्थानीयको भीड लागेको थियो । जात्राका क्रममा श्वेतभैरवले मान्छेरूपी माछा (स्थानीय व्यक्ति)लाई समात्न खोज्ने र जात्रामा सरिक स्थानीय मुखमा हातले थपथपाएर आवाज निकाल्दै भाग्ने चलन रहेको छ । यसरी भागेकालाई श्वेतभैरवले पक्रन खोज्ने भएकाले देवगणद्वारा पक्रियो भने ‘अपसकुन’ हुने डरले व्यक्तिहरू भागिरहने प्रचलन रहिआएको छ ।

नवदुर्गा जात्रा बनेपाबाहेक काभ्रेपलाञ्चोकको पनौती, धुलिखेल, चौकोट, श्रीखण्डपुरलगायत स्थानमा पनि लाग्ने प्रचलन रहेको छ । यस्तै, बनेपामा जात्रा सकिएपछि ‘नवदुर्गा’ पनौती जाने मान्यता छ । जात्राको संस्कृतिअनुसार वैशाख महिनामा भक्तपुरबाट नवदुर्गाको आगमन हुने र नवदुर्गाले तीन दिनसम्म विभिन्न हाउभाउका साथ ऐतिहासिक सहर बनेपाका डबलीहरूमा नृत्य देखाउने गर्छन् ।

नवदुर्गाको आगमन हुँदा स्थानीयले आ–आफ्ना घरबाट विशेष पूजा सामग्रीसहित पूजा गर्छन् । श्रद्धालुले पञ्चबली दिने, नवदुर्गा देवगणलाई भोजन गराउनेसमेत गर्छन् । स्थानीय कान्छामान रंजितका अनुसार यस जात्राको मुख्य आकर्षण ‘ङा–लाकेगु’ अर्थात् माछा मार्नु हो । माछा मार्ने जात्रा देखाउने क्रममा विभिन्न बोल, बाजागाजाको तालमा देवगणबाट नाच प्रस्तुत गरिन्छ । यसअघि वरपर पैसा (दक्षिणा) माग्ने र त्यसपछि मात्रै माछा मार्ने जात्रा प्रारम्भ गरिन्छ ।

पहिले जात्रामा सरिक युवालगयात मान्छेलाई देवताले लखेट्ने र दोस्रो चरणमा साँझपख श्वेतभैरवको ङा–लाकेगु नाच प्रदर्शन गरिन्छ । यस्तै, नाच प्रदर्शन पूर्व महाकाली र श्वेतभैरवको आकर्षक नृत्य देखाइन्छ । जात्रा अवधिभर स्थानीयले नवदुर्गाको पासुका (एक प्रकारको धागोको रङ्गीचङ्गी माला) र मोहनी (कालोटीका) लगाउने प्रचलन छ । रासस