५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि
अ+ अ-

काठमाडौं । कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । केहिबेर अघि सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३-२ गोलले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

स्टेडिओ ला कार्टुजामा भएको रोमाञ्चक खेलमा निर्धारित समयसम्म बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । २८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा किलियन एमबाप्पेले गोल फर्काउँदै रियललाई १-१ को बराबरीमा ल्याए । ७७ औं मिनेटमा औरेलिन चौमेनीले गोल गर्दै रियललाई २-१ ले अघि बढाए । यता ८४ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

जुलेस कुन्डेले ११६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाए । खेलको अन्तिममा रियलका चार खेलाडीले रातो कार्ड खान पुगे । भिनिसियस जुनियर, जुड बेलिङ्हम, लुकास भाजक्वेज र एन्टोनी रुडिगरले रातो कार्ड खाएका हुन् । सर्वाधिक सफल टोलि बार्सिलोनाको यो ३२ औ उपाधि हो ।