६ जेष्ठ २०८२, मंगलवार
,
Latest
युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी हिजो प्रम विरामी भएकोले आज मन्त्रिपरिषद बस्दै, विश्वलाई गभर्नर बनाइने विश्व पौडेललाई गभर्नर बनाउने सहमति गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग अहिले राजा ल्याउनु हुँदैनः नारायणमान बिजुक्छे सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि



अ+ अ-

काठमाडौं । कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । केहिबेर अघि सम्पन्न फाइनल खेलमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३-२ गोलले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

स्टेडिओ ला कार्टुजामा भएको रोमाञ्चक खेलमा निर्धारित समयसम्म बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । २८ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा किलियन एमबाप्पेले गोल फर्काउँदै रियललाई १-१ को बराबरीमा ल्याए । ७७ औं मिनेटमा औरेलिन चौमेनीले गोल गर्दै रियललाई २-१ ले अघि बढाए । यता ८४ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।

जुलेस कुन्डेले ११६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई उपाधि दिलाए । खेलको अन्तिममा रियलका चार खेलाडीले रातो कार्ड खान पुगे । भिनिसियस जुनियर, जुड बेलिङ्हम, लुकास भाजक्वेज र एन्टोनी रुडिगरले रातो कार्ड खाएका हुन् । सर्वाधिक सफल टोलि बार्सिलोनाको यो ३२ औ उपाधि हो ।