२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित



अ+ अ-

झापा। नेपाली भाषा, साहित्य र कलाको संरक्षणमा योगदान पुर्‍याएको भन्दै भारतको सिलगढीका साहित्यकार ज्ञानेन्द्र खतिवडा र भद्रपुरका साहित्यकार विरही अधिकारीलाई तेराख महाकवि देवकोटा साहित्य पुरस्कार प्रदान गरिएको छ ।

साहित्यकार तेराख प्रतिष्ठानले आज मेचीनगरको धुलाबारीमा एक कार्यक्रमका बीच दुवै साहित्यकारलाई जनही रु ५१ हजार नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा भारतीय नेपाली साहित्यकार मिलन रुचालले सम्मानित साहित्यकारद्वय खतिवडा र विरहीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रतिष्ठानले वातावरण संरक्षण र कृषिको आधुनिकीकरणमा योगदान पुर्‍याउने बुद्धशान्ति गाउँपालिका–६ निवासी कृषिविज्ञ राजेन्द्र भट्टराईलाई रु २१ हजार नगदसहित मधुसुदन कृषि पुरस्कार प्रदान गरेको छ ।

धुलाबारी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत् छात्रा स्मृति लिम्बूलाई उदीयमान प्रतिभाका रूरुपमा रु २१ हजार नगदसहित पद्मादेवी छात्रा पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्यालले जानकारी दिनुभयो ।

यसैगरी, मेचीनगर–१५ ज्यामिरगढीस्थित सहिद वीरेन स्मृति प्रतिष्ठानले आजै एक समारोहबीच शिक्षा, पत्रकारिता र कृषि क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै क्रमशः भीम खवास, मोहनकाजी र चुण्डा हस्दालाई सम्मानित गरेको छ । प्रतिष्ठानबाट अभिनन्दित खवास शिक्षा, साहित्य र राजनीतिक क्षेत्रका अगुवा, ज्यामिरगढी माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक र धुलाबारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।

सम्मानित पत्रकार काजी लोकतन्त्र पोष्टका सम्पादक एवं नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य हुनुहुन्छ । अर्का सम्मानित व्यक्तित्व हस्दा सन्थाल समुदायको अगुवा हुनुहुन्छ ।

कार्यक्रममा प्रतिष्ठानले मेचीनगरको उत्कृष्ट विद्यालयका रूपमा मेचीनगर–१४ स्थित बालसुबोधिनी माध्यमिक विद्यालयलाई सम्मानित गरेको छ । विद्यालयका प्रधानाध्यापक विश्व थापाले उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।

मेचीनगर नगरपालिकाकी कार्यवाहक अध्यक्ष मीना उप्रेतीले सम्मानित सबैलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गर्नुभएको थियो । विसं २०२९ फागुन २१ गते झापाबाट इलामको जेल सार्ने निहुँमा सुखानीमा लगी हत्या गरिएका झापा विद्रोहका पाँच सहिदमध्ये वीरेन राजवंशीको स्मृतिमा उक्त प्रतिष्ठान २०६६ सालमा स्थापना भएको प्रतिष्ठानका अध्यक्ष पदम गौतमले जानकारी दिनुभयो । रासस