५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको पूर्वराजा शाहबाट निन्दा



अ+ अ-

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको छ । पूर्वराजा शाहले शनिबार समवेदना सन्देश जारी गर्दै विश्व र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको उक्त घटनाको जति निन्दा गरे पनि कम हुने जनाउनु भएको छ ।

पूर्वराजा शाहले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ ‘वसुधैव कुटुम्बकम्‌को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मालम्वीहरुको दिव्य मानवीय मान्यता हो। त्यो मान्यताविपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौँ ।’

’सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भत्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।’ बिज्ञप्तिमा उल्लेख छ ।

आतंककारी आक्रमणका कारण हिन्दु यात्रीहरुको निधन भएकोमा आफूलाई दु:ख लागेको जनाउदै उहाँले घटनामा ज्यान गुमाउने नेपाली नागरिकसहित सबैप्रतिश्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले भारत सरकारप्रति पनि सहानुभूति व्यक्त गर्नुभएको छ ।