२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको पूर्वराजा शाहबाट निन्दा

जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको पूर्वराजा शाहबाट निन्दा
अ अ+ अ-

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्नुभएको छ । पूर्वराजा शाहले शनिबार समवेदना सन्देश जारी गर्दै विश्व र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको उक्त घटनाको जति निन्दा गरे पनि कम हुने जनाउनु भएको छ ।

पूर्वराजा शाहले जारी गर्नुभएको बिज्ञप्तिमा भनिएको छ ‘वसुधैव कुटुम्बकम्‌को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मालम्वीहरुको दिव्य मानवीय मान्यता हो। त्यो मान्यताविपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौँ ।’

’सम्पूर्ण विश्व क्षेत्र र समग्र हिन्दु समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ। त्यस्तो घटनाको विश्वव्यापी भत्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनुपर्छ भन्ने हाम्रो धारणा छ।’ बिज्ञप्तिमा उल्लेख छ ।

आतंककारी आक्रमणका कारण हिन्दु यात्रीहरुको निधन भएकोमा आफूलाई दु:ख लागेको जनाउदै उहाँले घटनामा ज्यान गुमाउने नेपाली नागरिकसहित सबैप्रतिश्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले भारत सरकारप्रति पनि सहानुभूति व्यक्त गर्नुभएको छ ।