२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदिय दलको यस्तो छ ४ बुँदे निष्कर्ष



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेले बिचाराधिन बिधयेकहरुलाई गुणस्तरीय कानुन बनाउने गरि छिटोभन्दा छिटो निष्कर्ष निर्णय गरेका छ ।

नेकपा एमाले संसदिय दलको आज बसेको बैठकमा संसदिय दलको नेता तथा प्रधानमन्त्री केपी ओलीले दलका सम्पुर्ण सदस्यहरुलाई निर्देशन दिदै संसदिय काम र जिम्मेवारीलाई मुख्य प्राथमिकतामा राखी कुसलता र सक्रियताका साथ सम्पादन निर्देशन दिनु भएको छ ।

मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठकले मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुता प्रति सदैव चनाखो रहदै जनसरोकार र राष्ट्रिय महत्त्वका निति ,योजना र बिषयहरुलाई संसद मार्फत सशक्त ढंगले उठान गर्ने निर्णय गरेको छ ।

यसैगरी संसदमा छलफलमा रहेको बिद्यालय शिक्षा बिधयेक, संघीय निजामती बिधयेक लगायत र अन्य बिचाराधिन बिधयेकहरुलाई गुणस्तरीय कानुन बनाउने गरि छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउन नेकपा एमाले संसदिय दल र सदस्यहरुले प्रभावकारी पहलकदमी लिने निर्णय गरेको छ ।

बैठकले संसदमा हुन सक्ने संसदिय मुल्य मान्यता , संस्कृती र नियमावली बिपरित सत्यलाई असत्यले छोप्ने प्रवृत्ति र क्रियाकलापहरुको विपक्षमा सदैव उभिदै संसदलाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोको रुपमा स्थापित गर्दै अगाडी बढाउन जिवन्त भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।