२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिर प्रदर्शनी



अ+ अ-

काठमाडौँ। गोरखापत्र संस्थानले यस वर्षको राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिरहरू प्रदर्शनी गरेको छ ।

आज काठमाडौँमा गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाले नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा विषय कार्यशाला गोष्ठीको आयोजना गरी गोरखापत्रमा प्रकाशित तथा यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिरहरू प्रदर्शनी गरिएको हो ।

तस्बिर प्रदर्शनी आयोजनाले सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको सो कार्यक्रमका प्रमुख अतिथि एवं गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “तस्बिरले सबै कुराको चित्रण गरेको हुन्छ । पुराना तस्बिर प्रदर्शनीले पत्रकारलाई तस्बिर खिच्न कति गाह्रो हुन्छ भन्ने विषयमा जानकारी दिनाका साथै सामाजिक परिवेश, जनजीवन, रहनसहन र ऐतिहासिक घटनाक्रम बुझ्न सघाएको छ ।

विसं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन आरम्भ गरेको मुलुकको जेठो अखबार गोरखापत्र नेपाली समाज, राजनीति, जनजीवन, भाषा, संस्कृति र सम्पदासम्बन्धी जानकारी लिने महत्त्वपूर्ण दस्तावेजका रूपमा रहेको संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बताउनुभयो । विसं १९८४ वैशाख १३ गते उक्त पत्रिकाले पहिलोपटक सर्वसाधारणको तस्बिर छापेको दिनको स्मरण गर्दै राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रिलबाट प्रिन्ट गरिएका धेरै जसो तस्बिर अहिलेसूचनाको दरिलो स्रोत भएको छ । यो कार्य निरन्तर चलिरहने छ ।

संस्थानले प्रदर्शन गरेका पुराना फोटोको रिलले करिब एक सय ५० बाकस भरिएका तथा प्रदर्शनीका लागि छनोट भएका नेगेटिभ स्क्यानिङ गर्न पनि निकै चुनौती भएको गोरखापत्र दैनिकका फोटोग्राफी विभाग प्रमुख रामप्रसाद हुमागाईंले जानकारी दिनुभयो । संस्थानका पूर्वमहाप्रबन्धक गोपाल चित्रकार, फोटो पत्रकारहरू विन्दुराजसिंह सुवा, रामेश्वर कायस्थ, भीम गुरुङ, भरत देउराली, नातिकाजी महर्जन, राजेन्द्र चित्रकार, शेखर चौलागाईं र रमेश केसीलगायत फोटो पत्रकार मुलुकमा अब्बल फोटो पत्रकारका रूपमा मानिनुहुन्छ ।

आजको उक्त कार्यक्रम संस्थानका पूर्वमहाप्रबन्धक एवं कार्यक्रमका प्रमुख अतिथि गोपाल चित्रकारले मोबाइलबाट फोटो खिचिर उद्घाटन गर्नुभएको थियो । साथै कार्यक्रममा गोरखापत्र संस्थानद्वारा प्रकाशित पहिलो फोटो पत्ता लगाउने उषातित छुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।रासस