३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने



अ+ अ-

भक्तपुर। भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यहाँ पहिलोपटक यही वैशाख १९ र २० गते सूर्यविनायक नगरपालिका–८ जगाती कभर्ड हलमा प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा किक बक्सिङ सङ्घ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ देशभरका प्रतिभाशाली खेलाडीहरूको पहिचान गर्दै अन्तरराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताउनुभयो । हालै सम्पन्न १९औँ एसियाली खेलकुद, गोङ्जाउ, चीनमा किक बक्सिङ समावेश भएसँगै यस खेललाई आगामी एसियाली खेलकुदको तयारीका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपालका सातै प्रदेशका कम्तीमा २० जिल्लाका एक सय १० जनाभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको सङ्घका महासचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासङ्घद्वारा स्वीकृत के–१ नियमावलीअनुसार सञ्चालन हुनेछ । प्रत्येक खेलमा तीन राउन्ड हुने छभने प्रत्येक राउन्डको अवधि दुई मिनेटको हुनेछ । प्रतियोगितामा खेलाडीहरूको शारीरिक क्षमता, प्रविधि र मानसिक बलको उत्कृष्ट प्रदर्शन हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ११ वटा (४५ देखि ७५ केजी खुल्ला तौलसम्म) र महिलातर्फ सातवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । साथै सातवटा पेसागत (व्यावसायिक) फाइटहरू पनि आकर्षणका रूपमा आयोजना गरिनेछ र खेलाडीहरूको तौल जाँच वैशाख १८ गते हुने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित स्वर्ण, रजत र कास्य पदक प्रदान गरिने छभने विशिष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा बताइएको छ । खेलाडीको नाम दर्ताको अन्तिम मिति वैशाख १८ गते तोकिएको छभने खेलाडीहरूको दीर्घकालीन अभिलेख राखी भविष्यमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा छनोट प्रक्रिया सहज बनाउने बताइएको छ । रासस