२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल-चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छ’



अ+ अ-

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै दैजानुपर्ने धारणा राख्नुभएको छ ।

‘नेपाल-चीन बौद्ध संस्कृति र कला’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो गोष्ठी नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवर्द्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा भएको गोष्ठीमा उहाँले नेपाल र चीनबीचको सांस्कृतिक, धार्मिक र बौद्धिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । “लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो”, उहाँले भन्नुभयो, “बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।

नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक सन्दर्भमा पुनर्जीवित गर्दै सांस्कृतिक, आर्थिक र बौद्धिक सहकार्यको नयाँ अध्याय लेख्ने प्रयत्न आजको आवश्यकता भएको मुख्यमन्त्री आचार्यले जोड दिनुभयो । उहाँले गोष्ठीले बौद्ध दर्शन, कला र संस्कृतिको गहिराइलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो ।

चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिनसक्ने धारणा राख्नुभयो । विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकार बौद्ध संस्कृति, कला र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो । “यो गोष्ठी मात्र नभइ बौद्धिक विमर्शको मञ्च, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकतालाई विश्व समुदायसम्म पुर्‍याउने उत्सव पनि हो”, मुख्यमन्त्री आचार्यले भन्नुभयो । रासस