२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन



फाइल फोटो
अ+ अ-

पर्सा। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले आज आयोजना गरेको निःशुल्क आँखा शिविरबाट एक सय ४९ जना सेवाग्राही लाभान्वित भएका छन् ।

वीरगञ्ज महानगर-२ छपकैयाँस्थित छठघाटस्थित धर्मशालामा आयोजित शिविरमा ३५ जना मोतियाविन्दुका बिरामी भेट्टिएका हुा् । वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले महानगरका सहरी तथा ग्रामीण बस्तीमा आँखाका बिरामी उपचार गर्न आनाकानी गर्ने प्रवृत्तिले बस्तीबस्तीमा शिविर गर्न आवश्यक भएको बताउनुभयो । “वीरगञ्जका टोलटोलमा आँखा अस्पताल छन् । उपचार गर्न जाने प्रवृत्ति कम भएकाले त्यस्ता बिरामीलाई लक्षित गरी शिविर गर्न आवश्यक छ । सोही अनुसार अहिले सुरुवात गरेका छौँ ।

वीरगञ्ज सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत महेशसिंह धामीले तराई-मधेसमा आँखाका बिरामी उपचार गर्न अस्पताल जान असहज मान्ने भएकाले शिविर जरुरी रहेको बताउनुभयो । “केन्द्रले समुदायमा रहेका सीमान्तकृत तथा  आर्थिक अभावका कारण समस्यामा परेका नागरिकको शिविरमार्फत मोतियाविन्दु पहिचान गरी निःशुल्क शैल्यक्रिया गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले निःशुल्क आँखा शिविर वर्षभरि गर्दै आइरहेका छौँ । जसबाट हजारौँ सर्वसाधारणले आँखाको ज्योति पाउँदै आउनुभएको छ ।

केन्द्रले तिलगङ्गा आँखा प्रतिष्ठान र क्रियुर ब्लाइन्डनेस संस्थासँगको साझेदारीमा पर्सा, बारा, रौतहटलगायत जिल्लामा सातापिच्छे निःशुल्क आँखा शिविर र निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गर्दै आइरहेको छ । नेत्र अधिकृत सिंहले तराई-मधेसका नागरिकले आँखाको हेरचाह र सुरक्षामा विशेष चासो दिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले आँखा मानव जीवनको अभिन्न अङ्ग भएकाले यसको विशेष हेरचाह र सुरक्षामा ध्यान दिन सबैलाई अनुरोध गर्नुभयो । केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराहीले आँखा शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको जानकारी दिनुभयो । “मोतियाविन्दु भेट्टिएका बिरामीलाई निःशुल्क शल्यक्रियाको पनि प्रबन्ध गरेका छौँ”, उहाँले भन्नुभयो । रासस