२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र आन्दोलतरत शिक्षकबीच वार्ता हुँदै, सहमतिको सम्भावना कति ?



अ+ अ-

काठमाडौं । सरकार र २५ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकबीच आज वार्ता हुने भएको छ । शिक्षा मन्त्रालयमा बिहान ८ बजेपछि वार्ता हुने छ । यसअघि हिजो हुने भनिएको छलफल सरकार र शिक्षकबीच समन्वय अभाव हुँदा भएको थिएन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी आज शिक्षकहरुसँग वार्ता गर्न लागिएको जानकारी दिएका छन् । विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख गरेको छ ।

यसअघि हिजो दिउँसो ३ बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए ।

मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति नदिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो । तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ २५ दिनदेखि शैक्षिक हड्ताल सहित काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएको छ ।

शिक्षकहरुका आन्दोलनका कारण लाखौं विद्यार्थीको पठनपाठन अबरुद्ध भएको छ । कक्षा १२ को परीक्षा सारिएको छ । एसईईको उत्तर पुस्तिका परीक्षण हुन सकेको छैन । शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालयहरु नखुल्दा पठाउन प्रभावित भएको छ । विद्यार्थी भर्नासमेत प्रभावित छ ।

त्यसो त सर्वोच्च अदालतले बिहीबार शिक्षकका संविधानसम्मत माग पूरा गरेर तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ । यसले पनि सरकार र शिक्षकबीचको वार्ता केही सकारात्मक हुने अपेक्षा गरिएको छ ।