६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित



अ+ अ-

खोटाङ। यहाँको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका पाँच दम्पतीलाई सम्मान गरेको छ ।

वडा नं १ लिकुवापोखरीका सुदेश राई र रीता खड्का, शम्भुजित कटवाल र अम्बिका राई, विजय सार्की र मुना श्रेष्ठ तथा विनोद राई र ममता तामाङ तथा वडा नं २ वाप्लुखाका आस्मिन राई र सुष्मा विश्वकर्मा दम्पतीलाई गाउँपालिकाले बिहीबार सम्मान गरेको हो ।

फरक–फरक समुदायका भए पनि विवाह गरेर राम्ररी घरजम बसाएका जोडीलाई प्रोत्साहनका लागि सम्मान गरिएको गाउँपालिकाका उपप्रमुख रुपेश राईले जानकारी दिनुभयो । गाउँपालिकाको दलित लक्षित कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट विनियोजित रकमबाट नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, खोटेहाङ गाउँपालिका कार्यसमितिको अगुवाइमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान कार्यक्रम गरिएको जनाइएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले आयोजना गरेको वडास्तरीय जनचेतनामूलक कार्यक्रमको अवसरमा गाउँपालिका उपप्रमुख राईले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रमाणपत्रसहित सम्मान प्रदान गर्नुभयो । जातीय विभेदको पर्खाललाई भत्काउँदै विवाह गरेका अन्तरजातीय दम्पतीलाई प्रोत्साहनस्वरूप नगदसहित सम्मान गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताउनुभयो ।

प्रत्येक दम्पतीलाई नगद रु दुई हजारका दरले यातायात खर्च प्रदान गरिएको जनाएको छ । सम्मान कार्यक्रममा प्रशिक्षक मिलन चाहारले जातीय विभेदसम्बन्धी विद्यमान कानुन, दलितले भोगिरहेको विभेद र छुवाछूतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

अन्तरजातीय विवाह गर्ने गाउँपालिकाको नौवटै वडाका दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाएको छ । सम्मानका लागि सबै वडामा विवरण सङ्कलन भइरहेको छ । रासस