२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अटोबाट खसेर बालकको मृत्यु



अ+ अ-

कञ्चनपुर।  शुक्लाफाँटा नगरपालिका-७ का १२ वर्षीय निराजन ठगुन्नाको आज अटोबाट खसेर मृत्यु भएको छ । झलारी बजारबाट म१ह १२३३ नम्बरको अटोमा बजारबाट घरतर्फ जाँदै गरेका ठगुन्ना स्टेसनपुर नजिक अटोबाट खसेका हुन् ।

अटोबाट खसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार अटो चालक ४० वर्षीय जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस