२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

स्वास्थ्य बिमाको रकम नआएपछि २४ परीक्षण बन्द

स्वास्थ्य बिमाको रकम नआएपछि २४ परीक्षण बन्द
अ अ+ अ-

चितवन। चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको सङ्घीय भरतपुर अस्पतालले बिमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ ।

परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो । बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु ५० करोड नाघेपछि सञ्चालनमा कठिनाइ भएसँगै ती परीक्षण बन्द गरिएको अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् ।

यसअघि बिमा बोर्डले तीन महिनामा एक पटक मात्रै परीक्षण गर्न पाउने गरी नीति बनाएको थियो ।  भिटामिन डी, भिटामिन १२ लगायत परीक्षण बिमामार्फत गर्न रोकिएको हो । पौडेलले भन्नुभयो, “अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ । ती परीक्षणको किट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो भएकाले रोकिएको हो ।

बिमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार फागुनदेखिको रु १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । परीक्षण सामग्री उपलब्ध गराउने कम्पनीले अस्पताललाई समान दिन नसक्ने भनेपछि परीक्षण रोकिएको उहाँको भनाइ छ ।

पौडेलका अनुसार अस्पताल सञ्चालनका लागि अहिले तत्काल रु २५ करोड भुक्तानी भयो भने अस्पतालको आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुन्छ । बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउन कठिन हुन थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ ।” अस्पतालमा अहिले दैनिक एक हजार ५०० बढी स्वास्थ्य बिमाका बिरामीले उपचार लिँदै आएका पौडेलले जानकारी दिनुभयो ।  अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बिमाका बिरामी रहने गरेकाले पाउनुपर्ने भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालको बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आवको रु ३७ करोड भुक्तानी भए पनि चालु आवको अहिलेसम्म भुक्तानी भएको छैन । अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको बताउँदै उहाँले यही अवस्था रहे अस्पताल आर्थिक सङ्कटमा धकेलिने उल्लेख गर्नुभयो ।

नेपालमा सबैभन्दा बढी बिमाका बिरामीको उपचार यहाँ गराउने गरिन्छ । अस्पतालले मासिक रु छ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको बिमा संयोजक पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न यहाँ कर्मचारीहरू आउने गर्दछन् ।

समस्या देखिएका अस्पतालका कर्मचारीहरूलाई बोर्डले यहाँ जान सुझाउने गरेको संयोजक पौडेलको भनाइ छ । देशका धेरै अस्पतालबाट आएका कर्मचारीलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । रासस