४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय उसु कोर्षका लागि चीनियाँ प्रशिक्षक नेपालमा



अ+ अ-

काठमाडौं । नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् ।

उनलाई उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक कक्षमा स्वागत गरेका थिए ।

स्वागत कार्यक्रमपछि उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्षमा सहभागीलाई प्रशिक्षण गराएका थिए । उनले शुक्रबारसम्म प्रशिक्षण दिने छन् ।

जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन् । सातौं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन् ।

महासचिव ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकोमा लिनलाई धन्यवाद दिए । उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताउदै लिनको प्रशिक्षणबाट सहभागीले उच्च स्तरको ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे ।

लिनले नेपालको उसु विकासमा महासंघसंग सहकार्य गर्न तयार रहेको बताउदै सहभागीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । साताव्यापी निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् ।