२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण



अ+ अ-

गुल्मी।  मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण गरिएका छन् । मदन भण्डारी राजमार्ग आयोजना गुल्मीबाट २८ किलोमिटर लामो यस सडकअन्तर्गत हुलाके, फूलबारी, घमिर र धनार्जी खोलामा पुल निर्माण गरिएका हुन् ।

पन्थ निर्माण सेवाले २०७८ साल माघमा फूलबारी खोला पुल रू तीन करोड ३२ लाख ६८ हजार ६३६ र घमिरखोला पुल रू तीन करोड १३ लाख ८४ हजार २३४ मा निर्माण सम्झौता गरेको थियो ।

त्यस्तै, सुनिल समिर निर्माण सेवाले ०७९ साल जेठामा हुलाके खोला पुल रू पाँच करोड ७९ लाख ५३ हजार ३३५ र धनार्जी खोला पुल सात करोड ४८ हजार ९९३ मा निर्माण सम्झौता गरेको थियो । चारैवटा पुलको कुल लागत रू १९ करोड २६ लाख ५५ हजार २०१ रहेको मदन भण्डारी राजमार्ग आयोजनाका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिनुभयो । फूलबारी खोला पुल २०, घमिर खोला पुल १५, धनार्जे खोला पुल ३५ र हुलाके खोला पुल २५ मिटर लम्बाइका रहेका छन् ।

पुल निर्माण भएपछि इस्मा, धुर्कोट, मदाने, मालिकालगायतका नागरिकलाई राहत मिलेको छ । खासगरी वर्षायाममा पानीको बहाव बढी हुँदा यातायातमा निकै समस्या हुने गरेको थियो । विद्यार्थीहरूलाई विद्यालय जान, समयमै गन्तव्यमा पुग्न कठिन हुने गरेकामा अहिले सहज भएको छ ।

तम्घास–सिमलटारी सडकको चार स्थानमा पुल निर्माण नहुँदा गाडी फस्ने, पल्टिने, आवतजावत गर्न नसकेर वर्षौं नागरिकले सास्ती खेप्नु परेको थियो । समयमै पुल निर्माण नहुँदा नेता र नेतृत्वले निकै आलोचना पनि खेप्दै आएका थिए । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माण भएका छन् ।

जसले गर्दा गुल्मी पश्चिमका पाँच स्थानीय तहसँगै प्यूठानका नागरिकलाई समेत सहज भएको छ । “पुल नबन्दा धेरै जोखिम थियो, नागरिकले धेरै सास्ती खेप्नुपरेको थियो”, इस्मा गाउँपालिका–२ स्थित पालुखा माविका शिक्षक बाबुराम पन्थीले भन्नुभयो, “अहिले धेरै सहज भएको छ ।”

अट्ठाइस किलोमिटरको तम्घास–सिमलटारी सडक कालोपत्र भएपछि इस्मा, मालिका, धुर्कोट र मदानेसहित प्यूठानका स्थानीयहरूलाई समेत यात्रामा लाग्ने समय घटेको छभने सडकले कैयौँ व्यावसायिक कामहरूको सुरूवात भएको छ । सडकको अहिलेको अवस्था मात्रै नभएर भोलिको भविष्य सम्झेर होटल तथा विभिन्न व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ ।

छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्गदल, फूलबारी र सिमलटारीलगायत स्थानमा होटल, ग्यारेज, फेन्सी, डेरी तथा व्यावसायिक तरकारी तथा पशुपालनको कामहरू भइरहेको इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले बताउनुभयो । रासस