२७ श्रावण २०८३, बुधबार
,
Latest
एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो ‘प्रोबोनो’ कानूनी सेवालाई प्रवद्र्धन गर्न कानून व्यवासीको रेकर्ड प्रणाली लागू गर्ने तयारीमा छौँः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले सरकार शिक्षकहरुसँग वर्ता र संवादको माध्यमबाट अहिलेका समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्याहरु समाधान गर्न प्रतिवद्ध छ । कटिवद्ध छ । म शिक्षक साथीहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु । संविधानको सीमा, ऐन, कानूनको सीमा र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधानहरु खोज्न तयार छौँ । सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु ।’

सरकारको तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ छ ।