२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने बताउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरुसँग आज ऊर्जा मन्त्रालयमा छलफल गर्दै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा ग्रीन हाइड्रोजनको महत्वपूर्ण भूमिका भएकाले यसलाई कार्यविधि बनाएर अगाडि बढाउने बताउनुभयो । “ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो, यसलाई व्यवस्थित ढङ्गले अघि बढाउन कार्यविधि निर्माणका लागि सरकारले आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको बताउनुभयो । उहाँले वातावरणमैत्री प्रविधिको प्रयोगले इँटाभट्टा र केमिकलजन्य उद्योगबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिनुभयो ।

सिँचाइ सचिव सरिता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी तथा संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताउनुभयो । उहाँले अन्तरमन्त्रालय समन्वयमा सरकार आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पार्नुभयो ।

कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव जीवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा डा विराजसिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तरराष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले यसलाई शीघ्र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार भारत, जापान, कोरिया र युएईजस्ता देशले यस प्रविधिलाई व्यवहारमा ल्याइसकेका छन् ।

छलफलमा मन्त्रालयका सहसचिवद्वय सुशीलचन्द्र आचार्य र सुरेन्द्र घिमिरे, अर्थविज्ञ अमित श्रेष्ठ, काठमाडौँ विश्वविद्यालयका डा राम लामा, डा लक्ष्मण लामालगायतको उपस्थिति रहेको थियो । रासस