२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रशिक्षक नेपालमा



अ+ अ-

काठमाडौँ। नेपाल उसु महासङ्घको आयोजनामा यहाँ जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छवान् नेपाल आएका छन् ।

निर्णायक जियान्छवान्लाई उसु महासङ्घका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुङ्गाना, उपमहासचिव राजीव महर्जनलगायत पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्वागत गरे । लगत्तै उनले कोर्षमा सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले शुक्रबारसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

महासचिव ढुङ्गानाले नेपालमा योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताए । निर्णायक जियान्छवाने नेपालको उसु विकासमा महासङ्घसँग सहकार्य गर्न तयार रहेको बताए । निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् । रासस