६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रशिक्षक नेपालमा



अ+ अ-

काठमाडौँ। नेपाल उसु महासङ्घको आयोजनामा यहाँ जारी सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छवान् नेपाल आएका छन् ।

निर्णायक जियान्छवान्लाई उसु महासङ्घका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुङ्गाना, उपमहासचिव राजीव महर्जनलगायत पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्वागत गरे । लगत्तै उनले कोर्षमा सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले शुक्रबारसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

महासचिव ढुङ्गानाले नेपालमा योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताए । निर्णायक जियान्छवाने नेपालको उसु विकासमा महासङ्घसँग सहकार्य गर्न तयार रहेको बताए । निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् । रासस