१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ का विद्यार्थीको ५२ करोड खै ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का परीक्षार्थीसंग रजिष्ट्रेशन र परीक्षा शुल्क वापत असुलेको ५२ करोड रुपिँयाको बारेमा कुनै निर्णय गर्न सकेको छैन । यो वर्षदेखि कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि बोर्डले उठाएको रकमको बारेमा निर्णय गर्न सकेको छैन । बोर्डले कक्षा ११ मा रजिष्ट्रेशन वापत ४ सय र परीक्षा सञ्चालन खर्च ६ सय गरी प्रति बिद्यार्थी एक हजार रुपिँया संकलन गरेको थियो । विद्यालयले परीक्षा नै नभएपछि उक्त रकम फिर्ता गर्नुपर्ने तर्क गर्न थालेका छन । कक्षा ११ मा करिब ५ लाख २८ हजार परीक्षार्थी सामेल हुने अवस्थामा थिए ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा केही रकम खर्च भएको जानकारी गराउदै बांकी रकम के गर्ने भन्ने विषयमा छलफल भैरहेको बताए । उनले भने–सबै कार्यालयबाट हिसाब मागिरहेका छौ, हिसाब आएको केही दिनपछि बाँकी रकम के गर्ने रु भन्ने विषयमा निर्णय गर्नेछौ । बोर्डले प्रश्नपत्र र उत्तरपुस्तिका छपाईमा कति खर्च भयो ? भन्ने विषयमा यकिन हिसाब निकाल्ने तयारीमा छ । बोर्डको बैठकले सबै आर्थिक विवरण तयार भएपछि बांकी रकम विद्यालयलाई नै दिने गरी तयारी गरिरकेको छ । बोर्डले बांकी रकमले विद्यालयले परीक्षा सञ्चालन गर्न, निरीक्षक भत्ता र उत्तरपुस्तिका परीक्षणमा खर्च गर्ने गरी फिर्ता दिने तयारी गरेको छ ।

हामी विद्यार्थीलाई मर्का नपर्नेगरी निर्णय गर्ने तयारीमा छौं–अध्यक्ष पौडेलले भने । बोर्डले करिब १५ करोड रुपिया खर्च भएको हुनसक्ने अनुमान गरेको छ । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)को पनि परीक्षा वापत उठाएको रकम र खर्च भएको विवरण सार्वजनिक हुन सकेको छैन । परीक्षा बोर्डले एसईई परीक्षाको खर्चको विषयमा समेत छलफल शुरु गर्ने भएको छ । एसईई परीक्षा पनि विद्यालयबाटै सञ्चालन भएपछि उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ । परीक्षाफल प्रकाशित गर्ने दायित्व पनिकाको भएपनि यो वर्ष उत्तरपुस्तिका परीक्षण खर्च जोगिएको छ ।

बोर्डले परीक्षा सञ्चालन र व्यववस्थापन खर्च प्रदेश मातहतको कार्यालयलाई पठाइसकेको छ । प्रदेशले परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने भएपछि सो रकमको विषयमा बोर्डले निर्णय गर्न नसक्ने अध्यक्ष प्राडा पौडेलको भनाई थियो । परीक्षा नियन्त्रक रामराज खकुरेलले प्रति उत्तरपुस्तिका परीक्षण गरेवापत परीक्षकले ३० रुपिया पाउने व्यवस्था भएको बताए । बोर्डले उत्तर पुस्तिका परीक्षण गर्न करिब १४ करोड रुपिया खर्च हुने जानकारी दिएको छ । सो रकम कहा खर्च भयो भन्ने विषयमा प्रदेश सरकारले हिसाब दिनुपर्नेछ ।

कक्षा १० को परीक्षा खर्च वापतको रकम नेपाल सरकारको खातामा जान्छ । कक्षा ११ र १२ को बोर्डको खातामा जाने गरेको छ । बोर्डले कक्षा ११ को निर्णय गरेपनि १० कक्षाको निर्णय गर्न सक्दैन । परीक्षा नियन्त्रक खकुरेलले एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्न सबै प्रकृया गर्नुपर्ने भएकोले केही रकम खर्च हुनसक्ने बताए । नेपाल समाचारपत्र दैनिक