२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग



अ+ अ-

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ ।

मधेस प्रदेश क्रिकेट सङ्घको आयोजनामा गत २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो । सोही प्रतियोगिताका दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए । उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए ।

गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो । उनको उपचारका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिद्धान्तको हाल भारतमा उपचार भइरहेको छ । रासस