२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’

‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’
अ अ+ अ-

भक्तपुर। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनआन्दोलनबाट प्राप्त जनताको अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसका समाजवादी नेता जगन्नाथ आचार्यको १०२औँ जन्मजयन्ती कार्यक्रममा उहाँले अधिकार प्राप्तिका लागि कांग्रेस र कम्युनिष्ट एकै ठाउँमा उभिएर आन्दोलन गरे जस्तै उपलब्धि रक्षाका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनुभएको हो ।

अधिकार मात्र माग्ने तर कर्तव्य पूरा नगर्नाले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउँदै उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “विसं २०४६ को आन्दोलन होस् या २०६२÷०६३ को जनआन्दोलन सबै दलहरू एक ठाउँमा उभिएर सङ्घर्ष गर्दै ठूलो त्याग, तपस्या र बलिदानबाट ल्याएको यो अधिकार र व्यवस्था हो, यो व्यवस्था जोगाउन सबै दल एकै ठाउँमा आउनु आवश्यक छ । अधिकार खोज्ने तर संरक्षण नगर्ने र कसैको लहैलहैमा लाग्ने हो भने मुस्किलले प्राप्त गरेको अधिकार गुम्नसक्ने खतरा आउन सक्छ ।”

उहाँले जगन्नाथ आचार्यको राजनीतिक योगदानको चर्चा गर्दै २०४६ सालको जनआन्दोलनपछि गणेशमान सिंहले प्राप्त प्रजातन्त्रलाई सही बाटोमा लैजान सुरु गरेको जनजागरण अभियानमा आफूले संयोजक भएर काम गरेको स्मरण गर्नुभयो । कार्यक्रममा नेताहरु ढुण्डराज शास्त्री, तिलकप्रकाश कायस्थ, गोविन्द जोशीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थले जगन्नाथ आचार्यले प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको चर्चा गर्दै उहाँले देखाएको बाटोलाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । आचार्य प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति विनोद आचार्यले जगन्नाथ आचार्यले राजनीतिक परिवर्तनका लागि सिङ्गो जीवन आहुति दिएको चर्चा गर्नुभयो । रासस