२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्नुभयो । ‘तपाईँहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उहाँले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । त्यो अभिभारा नेकपा एमालेले पुरा गर्न सक्ने उहाँको धारणा छ । ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ, युवाको भविष्य सुरक्षित गर्दछ’, उहाँले भन्नुभयो ।

उहाँले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने उहाँले जानकारी दिनुभयो । वर्तमान प्रधानमन्त्रीको युवा प्रतिको अगाध स्नेह रहेको उहाँको भनाइ छ ।

नेकपा एमाले देश र विकासको पक्षमा उभिएको कारण एमाले माथि आक्रमण भएको उहाँले बताउनुभयो । एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेका उहाँले दाबी गर्नुभयो ।

एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो । जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न उहाँले आग्रह गर्नुभयो ।

देशका दुई ठुला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेका बताउँदै उहाँले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएका बताउनुभयो । ‘हरेकले विश्वास र भरोसा गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको उहाँले बताउनुभयो । देश भरका युवाहरू नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनु पर्ने उहाँको धारणा छ ।

उहाँले नेपाल राष्ट्र युवाको राष्ट्र भएको बताउनुभयो । श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा भएको उहाँले प्रष्ट पार्नुभयो । कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले बैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकोले जनता सामु घुँडा टेकेको दिन भएको उहाँले बताउनुभयो । त्यसैले यो दिनको विशेष महत्त्व भएको उहाँले प्रष्ट पार्नुभयो ।

युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उहाँले बताउनुभयो । राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिहरूलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

 




भर्खरै