१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दुई अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार आज दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल ८३ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ ।

आज लगानी समूह सबैभन्दा बढी दुई दशमलव चार प्रतिशतले बढ्दा हाइड्रोपावर शून्य दशमलव २२, व्यापार शून्य दशमलव ३९ र बैंकिङ शून्य दशमलव शून्य तीन प्रतिशतले बढेका छन् ।

विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव १६, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ ।