२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 5.14

Humidity: 52

Latest
थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी नेपाल पठाइयो नेपालमा मल कारखान स्थापनाका लागि बजेट विनियोजन भएको छैनः मन्त्री अधिकारी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत च्याम्पियन्स ट्रफीः भारतमाथि न्युजिल्याण्ड हाबी, दोहोरिएला २५ वर्षअघिकै नतिजा ? जनताको नासो फिर्ता चाहियो भन्दै नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन आयोगको आग्रह विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीराम सुगर मिल्स बन्द



अ+ अ-

रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ। आइतबार उद्योगको तर्फबाट सूचना प्रकाशित गरी उद्योग व्यवस्थापनको साउन ९ को निर्णय अनुसार साउन ११ बाट स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको छ। निरन्तर घाटामा गएको भन्दै ११ साउनदेखि स्थायी रुपमा उद्योग बन्द गरिएको जनाएको छ।

दुई दशक पहिले स्थापना भएको उद्योग सञ्चालन भएको सुरुका केही वर्ष नाफामा रहे पनि त्यसपछिको समयमा निरन्तर घाटामा गएको र आव ०७५/७६ सम्म उद्योगले दुई अर्ब १७ करोड ७५ लाख ५८ हजार तीन सय ७६ रुपैयाँ घाटामा गएको जनाएको छ।

अर्बौं रुपैयाँ घाटामा गएको, उखु किसानलाई पनि करोडौं तिर्न बाँकी रहेको तथा उद्योगमा कार्यरत श्रमिक–कर्मचारीको तलब भुक्तानीमा समस्या रहेको भन्दै उद्योग जर्जर अवस्थामा पुगेर बन्द गर्नु परेको उद्योग व्यवस्थापनको तर्क रहेको छ। हरेक वर्ष करोडौं घाटामा रहेको उद्योगले श्रमिक–कर्मचारीलाई न्यूनतम तलब–भत्ता दिन पनि अभाव रहेको व्यवस्थापनको सूचनामा जनाइएको छ।

उद्योगमा चरम आर्थिक अभाव रहेकाले उद्योगको चल अचल सम्पत्ति बिक्री गरेर श्रमिक–कर्मचारीको बाँकी तलब–भत्ता भुक्तानी गर्ने र कम्पनीको नाममा रहेको श्रीसम्पत्ति बिक्रीका लागि सरकारसित अनुमति लिने प्रक्रियामा उद्योग गरेको पनि जनाइएको छ। उद्योगको श्रीसम्पत्ति बेचेर उखु किसानलाई पनि भुक्तानी दिइने व्यवस्थापन पक्षको भनाइ रहेको छ। नागरिक दैनिक