२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहलगाममा भएको आतंकवादी हमलाको राप्रपाद्वारा निन्दा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको जम्मु कश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलाको निन्दा गरेको छ ।

आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा परी एक नेपाली नागरिक सहित २६ जनाको मृत्यु भएको थियो । आक्रमणकै कारण दर्जनौं व्यक्ति घाइते भएका थिए । यो घटनालाई राप्रपाले मानवताविरोधी घटनाको भनेको छ । राप्रपाले अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको अति निन्दा र भत्सर्ना गरेको छ ।

राप्रपाले केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व श्री भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको स्मरण गर्दै पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु भएकोमा चिन्तासमेत व्यक्त गरेको छ ।

‘जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन, राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दु:खको यस घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

राप्रपाले आतंकवादी आक्रमणबाट ज्यान गुमाउन पुगेका नेपाली नागरिक रुपन्देहीको बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।




भर्खरै