२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले दियो तीन दिनको अनुमति

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले दियो तीन दिनको अनुमति
अ अ+ अ-

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्रका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि थप २० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको भए पछि काठमाडौं जिल्ला अदालतले तीन दिन मात्र म्याद थप गरेको छ । अदालतले राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न प्रहरीलाई थप तीन दिनको समय दिएको हो । अदालतले अर्को पटक आउँदा कुन कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरणसमेत दिन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीले प्रहरीलाई अर्कोपटक म्याद थपका लागि आउँदा कुन–कुन प्रमाण संकलन गर्न बाँकी छ भन्ने विवरणसमेत दिन आदेश दिएका हुन् । प्रमाण संकलन बाँकी नरहेको अवस्थामा दुवैलाई हाजिरी जमानी वा तारेखमा छोड्न सकिने उनको आदेशमा उल्लेख छ ।

मिश्रको हकमा प्रहरीले बयान लिइसकेको र कसुर संलग्न पुष्टि गर्ने कुन के कागज प्रमाण संकलन गर्न बाँकी छन् भन्ने म्याद थपको पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न नसकिएको भन्दै न्यायाधीशले असन्तुष्टि दर्शाएका छन् ।

प्रहरीले प्रतिवादीहरुमध्ये धवलशमशेर जवरा, रविन्द्र मिश्र, कुमार वस्नेत, विष्णु पराजुली, दिपक खड्का, प्रेम थापा मगर, भानुभक्त पौडेल, तारानाथ वोहरा, दानवहादुर न्यौपाने, गोपिकृष्ण खड्का, रामकुमार धिमाल, सन्तोष चौधरी, पुष्कर खतिवडा, मुनिन्द्र राजभण्डारी, गोपाल मल्ल, हरिहर चौलागाईको वयान कार्य सम्पन्न गरेको छ ।

यस्तै, प्रतिवादी बनाइएका मध्येका विष्णु भन्ने विष्णुजंग बस्नेत, अनिलकुमार थापा, दुर्गा प्रसाई, सन्तोष सिलवाल (राजावादी), ओमप्रसाद लुईंटेल, तेजन रायमाझी, पशुपति खड्का, देवीप्रसाद संग्रौलाको बयान कार्य सम्पन्न हुन बाँकी रहेको जनाइएको छ ।

मिश्रलाई राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा अनुसन्धान गर्न आज चौथो पटक प्रहरीले २० दिनको म्याद थपको लागि माग गरेको थियो ।

आदेशमा भनिएको छ, ‘प्रतिवादी रविन्द्र मिश्रको उक्त कसुरमा संलग्न पुष्टि गर्ने के कुन कागज प्रमाण संकलन गर्न बाँकी रहेकोले थप म्याद माग गर्नु परेको हो भन्ने कुरा म्याद थपको पत्रमा निश्चयात्मक रुपमा उल्लेख गर्न सकेको देखिदैन । यस स्थिति अवस्थामा अब म्याद थपको लागी माग गर्दा बयान लिन वाँकी प्रतिवादीको बयान लिने कार्य सम्पन्न गर्ने र बयान लिन वाँकी रहेका प्रतिवादीको वयान कार्य सम्पन्न पश्चात् प्रतिवादीहरुको प्रहरी प्रतिवेदन अनुसारको कसुरमा संलग्नता देखिने के कुन प्रमाण संकलन गर्न बाँकी रहेको हो सोको स्पष्ट विवरण सहित थप म्याद थपको माग गर्ने गरी हाललाई ३ (तीन) दिनको म्याद थप प्रदान गरिएको छ ।’

यसैबीच, प्रतिवादी दुर्गा प्रसाइले आफू क्यान्सर रोगबाट ग्रसित रहेको र चिकित्सकको निगरानीमा रहनु पर्ने भन्दै हाजिर जमानीमा छाड्न निवेदन दिएका छन् । अदालतले प्रतिवादी रविन्द्र मिश्र र दुर्गा प्रसाईको समेत आवश्यक स्वास्थ्य परीक्षण र चिकित्सकको सिफारिस अनुसार स्वास्थ्य उपचार प्रवन्ध गराउन भनेको छ ।

आदेशमा थप भनिएको छ, ‘दुवै प्रतिवादीको स्वास्थ्य समस्याको गम्भीरतालाई विचार गरी प्रतिवेदन अनुसारको कसुरमा संलग्नता पुष्टि गर्ने कुनै थप प्रमाण संकलन गर्ने कार्य वाँकी नरहेको अवस्थामा मुलुकी अपराध संहिता, २०७४ को दफा १५ अनुसार निज प्रतिवादीहरुलाई हाजिरी जमानीमा छाड्न वा तारेखमा राख्न सक्ने सम्वन्धमा अनुसन्धान अधिकारी र जिल्ला सरकारी वकील कार्यालयलाई जानकारी गराउनु ।’