२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट

बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट
अ अ+ अ-

खोटाङ। बाढी तथा पहिरोले क्षति गरेको भौतिक संरचना पुनःनिर्माणका लागि कोशी प्रदेश सरकारले खोटाङमा रू चार करोड ५६ लाख ५५ हजार बजेट उपलब्ध गराएको छ । विसं २०८१ असोज–१२ गते आएको बाढीपहिरोले क्षति गरेको भौतिक संरचना पुनःनिर्माणका लागि मर्मत सम्भार तथा पुनःनिर्माण कोषको सिफारिसको आधारमा कोशी प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो ।

दश स्थानीय तह रहेको खोटाङमा बाढीपहिरोले क्षतिग्रस्त सामुदायिक विद्यालय, ग्रामीण सडक, झोलुङ्गे पुल, खानेपानी र सिँचाइ योजना पुनः निर्माणका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराएको जनाइएको छ । बाढीपहिरोले क्षति गरेको सात महिनापछि आएको बजेट यसै आर्थिक वर्षको असार मसान्तभित्र खर्च गर्नेगरी प्रदेश सरकारले बजेट उपलब्ध गराएको हो ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईका अनुसार ४३ वटा योजनाका लागि रू तीन करोड १७ लाख बजेट प्राप्त भएको छ । त्यसैगरी ४५ वटा योजनाका लागि रू एक करोड ३९ लाख ५५ हजार बजेट प्राप्त भएको सामाजिक विकासमन्त्री पाँचकर्ण राईले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत जालपा–कादेल–बाक्सिला सडक ग्राभेलका लागि रू सात लाख, दिक्तेल–जाल्पा–ऐँसेलुखर्क जोड्ने सडकका लागि रू सात लाख, बानाचुङदेखि दोवेला हुँदै साकेला गाउँपालिका जोड्ने सडकका लागि रू सात लाख, किरात चोकदेखि आहालडाँडा खेल मैदान जोड्ने सडकका लागि रू सात लाख, भाड्बँेसी हलेसी सडकका लागि रू सात लाख, हरेलोडाँडादेखि सन्सारीडाँडा हुँदै बङ्गुर फार्मबाट गुप्तेश्वर सडक मर्मतका लागि रू दश लाख, आहाले–लिपेदोभान–राजापानी–महभिर–रेग्मीटारका लागि रू सात लाख बजेट विनियोजन भएको छ ।

यस्तै, दिक्तेल– साप्सुखोला–मात्तिम–मनेभञ्ज्याङ–पाँचधारे सडकका लागि रू सात लाख, बाँझेच्यानडाँडा रतन्छा मानेभन्ज्याङ काल्चिनखोला सडकका लागि रू सात लाख, कालापानी ठूलीबेँसी खोटाङबजार सडकका लागि रू सात लाख र डुम्रिबोटे–रूम्दु–फोक्सिङटार सडकका लागि रू सात लाख बजेट प्राप्त भएको छ । धाप्लाङ धर्तुङ बराहपोखरी सडकका लागि रू सात लाख, साउनेचउरदेखि बन्दुवा आसावाला फोक्सिङटार सडकका लागि रू २० लाख, धप्लाङघाट माङ्सिङटार खाप्ताङ सडकका लागि रू सात लाख, आहाले साप्सुखोला रातमाटा कोटगाउँ सडकका लागि रू १२ लाख, तावाखोला टेम्मा याम्खा पञ्चमी सडकका लागि रू १३ लाख र ढाडेखोलादेखि पुरानागाउँ जोड्ने सडकका लागि रू सात लाख बजेट प्रदेश सरकारबाट प्राप्त भएको जनाइएको छ ।

टुवाखोला दिहुँ जनसेवा मावि हुँदै छितापोखरी सडक मर्मतका लागि रू दश लाख, पञ्चमी–टुवाखोला–रोक्सिङ सडकका लागि रू १३ लाख, चिसापानी छिमवा भञ्ज्याङखर्क सडकका लागि रू सात लाख र चिसापानी बङ्शिलाघाट सडकका लागि रू दश लाख बजेट विनियोजन भएको छ । सन्सारीडाँडा बगरेभञ्ज्याङ सडक मर्मतका लागि रू सात लाख, सिन्ताङ खुन्द्रे जन्तेढुङ्गा सडकका लागि रू आठ लाख, बाक्सिला–र्खााम्छा–फेदी–धोन्द्रे सडकका लागि रू आठ लाख, बाक्सिला खत्रीगााउँ दिप्सुङ बाहाने सडक मर्मतका लागि रू सात लाख बजेट प्राप्त भएको छ ।

सुन्तले–माकापु–लुवाङ सडक मर्मतका लागि रू सात लाख, जुगेबारी फूलपाती प्रावि स्कुल गिरी गाउँ दलित बस्ती हुँदै स्वास्थचौकी पाथेका जाने सडकका लागि रू सात लाख, बिजुले–बुइपा–बाम्राङ दिक्तेल सडकका लागि रू आठ लाख, ऐँसेलुखर्क साबिक ५ वडादेखि साबिक ४ र ६ हुँदै स्वास्थ्यचौकी जाने सडकका लागि रू सात लाख बजेट आएको जनाइएको छ ।

यसैगरी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दुदिले–खानामा सडकका लागि रू सात लाख, हलेसी तुवाचुङ नगरपालिका चिप्टार झोलुङ्गे पुलका लागि रू सात लाख, डिकुवा नर्सरी झोलुङ्गे पुलका लागि रू सात लाख, चारबोटे झोलुङ्गे पुलका लागि रू सात लाख र कुर्लेघाट झोलुङ्गे पुलका लागि रू सात लाख बजेट प्राप्त भएको छ ।

हलेसी तुवाचुङ बतासेघाट झोलुङ्गे पुलका लागि रू सात लाख, लैकुघाट झोलुङ्गे पुलका लागि रू सात लाख, गोडेली झोलुङ्गे पुलका लागि रू सात लाख, हैदे झोलुङ्गे पुलका लागि रू सात लाख, धाप्लाङ झोलुङ्गे पुलका लागि रू सात लाख, बाराहापोखरी बन्सिलाघाट झोलुङ्गे पुलका लागि रू सात लाख र बतासे भाडारे झोलुङ्गे पुलका लागि रू सात लाख र कम्फु झोलुङ्गे पुलका लागि रू सात लाख बजे विनियोजन गरिएको हो ।

सामाजिक विकास मन्त्रालय अन्तरगत मेवाखोला दुब्लाखा दोभान साकेला कुलो सिँचाइ योजनाका लागि रू पाँच लाख, काउलेखोला छासुम खोला सिँचाइ योजनाका लागि रू पाँच लाख, नुरेखोला महलेखेत सिँचाइ योजनाका लागि रू तीन लाख र ढोडेखोलादेखि पापेरोडाँडा सिँचाइ योजनाका लागि रू तीन लाख बजेट प्राप्त भएको छ ।

दशमुरे सिँचाइ कुलोका लागि रू पाँच लाख, दिक्तेल बहुमुखी क्याम्पस पर्खाल निर्माणका लागि रू तीन लाख, भोटेकुलो सिँचाइ योजनाका लागि रू पाँच लाख, लैकुसेरा कटहरे कुलो सिँचाइ योजनाका लागि रू पाँच लाख, बाझगरा कुलो सिँचाइ योजनाका लागि रू पाँच लाख र रेग्मिटार सिँचाइ कुलो योजनाका लागि रू चार लाख बजेट प्राप्त भएको छ ।

लैकुखोला गैयाटार सिँचाइ कुलो योजनाका लागि रू तीन लाख, लप्से पञ्चमी सिँचाइ योजनाका लागि रू तीन लाख, माटिकोरे देवाली थान पहिरो नियन्त्रणका लागि रू चार लाख, चम्पावती मावि पहिरो नियन्त्रणका लागि रू पाँच लाख र खडेन्द्र राई घर छेउ पहिरो रोकथामका लागि रू नौँ लाख बजेट प्राप्त भएको छ ।

शुक्रबारे खानेपानी योजनाका लागि रू १५ लाख, सारालुङ खानेपानी योजनाका लागि रू दुई लाख ५० हजार, खार्ताम्छा खानेपानी योजनाका लागि रू दुई लाख ३० हजार, पोखरी खुवाबुङ खानेपानी योजनाका लागि रू दुई लाख, खत्रीगाउँ खानेपानी योजनाका लागि रू दुई लाख, सुङदेल खानेपानी योजनाका लागि रू एक लाख लप्सेखोला खानेपानी योजनाका लागि रू दुई लाख ५० हजार, छिवा खानेपानी योजनाका लागि रू दुई लाख ५० हजार र भोर्लेनी खानेपानी योजनाका लागि रू एक लाख ५० हजार बजेट प्राप्त भएको छ ।

रावाबेँसी दूधकोशीको पानी लिफ्टिङ खानेपानी योजनाका लागि रू एक लाख ५० हजार, डुम्रेधारापानी राजापानी योजनाका लागि रू दुई लाख ५० हजार, गङ्गटेखोला मुहान गरी कम्पुघाट खानेपानी योजनाका लागि रू दुई लाख, लङ्खा खानेपानी योजनाका लागि रू दुई लाख र रावुखोला लिफ्टिङ खानेपानी योजनाका लागि रू दुई लाख ५० हजार बजेट विनियोजन भएको जनाइएको छ ।

यस्तै, ताकमारे खानेपानी योजनाका लागि रू दुई लाख, कुन्तीखोला खानेपानी योजनाका लागि रू एक लाख, घोर्लेखोला खानेपानी योजनाका लागि रू एक लाख ५० हजार, ढाँडे खानेपानी योजनाका लागि रू एक लाख, नङ्ग्रेखोला खानेपानी योजनाका लागि रू एक लाख ५० हजार, करिखोला खानेपानी योजनाका लागि रू एक लाख र चिप्रिङ सिम्पानी खानेपानी योजनाका लागि रू एक लाख ५० हजार बजेट प्रदेश सरकारबाट प्राप्त भएको हो ।

सगरमाथा आधारभूत विद्यालय खाल्लेका लागि रू चार लाख ७५ हजार, चम्पावती मावि बुइपाका लागि रू नौ लाख, मालिकादेवी आधारभूति विद्यालय केपिलासगढी–५ का लागि रू दुई लाख ५० हजार, जनजागृती आधारभूत विद्यालय दिप्रुङ चुइचुम्मा–७ का लागि रू चार लाख र गङ्गा जमुना आवि केपिलासगढी–१ का लागि रू दुई लाख ५० हजार बजेट प्राप्त भएको छ । जल्लेवरी आधारभूत विद्यालय अर्खौलेका लागि रू चार लाख ७५ हजार, मनोकामना जनकल्याण मावि निर्मलीडाँडाका लागि रू एक लाख २० हजार, कलङ्का आधारभूत विद्यालय च्यास्मिटारका लागि रू दुई लाख ५० हजार र सालपादेवी आधारभूत विद्यालय लफ्याङका लागि रू चार लाख ७५ हजार बजेट प्राप्त भएको हो ।

बाढीपहिरोबाट क्षतिग्रस्त योजना पुनः निर्माणका लागि प्रदेश सरकारबाट प्राप्त बजेट कार्यान्वयन सम्बन्धित विभागले गर्ने जनाइएको छ । दुई नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लामा बाढीपहिरोले क्षतिग्रस्त भौतिक संरचना पुनः निर्माणका लागि ढिलै भए पनि बजेट प्राप्त भएपछि स्थानीयवासी हर्षित भएका छन् । रासस