
काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तिमा २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक नेपाली भएको बताइएको छ । यद्यपी सरकारले यसको पुष्टि गरेको छैन ।
आतङ्ककारीले हमला गरेको जम्मु काश्मिर क्षेत्रको पहलगाम हिमालय क्षेत्रको पर्यटन गन्तव्य भएर भारतको स्विट्जरल्याण्डको रुपमा चर्चित छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सन् २०२४ कास्मिर क्षेत्रमा ३५ लाख पर्यटक पुगेका थिए ।
घटना भएको पहलगाम श्रीनगरबाट झन्डै ९० किलोमिटर टाढा पर्छ । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए । लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।
सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमध्ये १६ जनाको नाम सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । त्यसमा एक नेपाली भनेर सन्दीप न्यौपानेको नाम उल्लेख छ तर विस्तृत विवरण छैन । घटनालगत्तै गृहमन्त्री अमित शाह कश्मीर पुगेका छन् ।
घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ । विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रका रूपमा प्रवद्र्धन गर्दै आएको छ ।
सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए । सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
मृतक र घाइतेको सूची