८ जेष्ठ २०८२, बिहीबार
,
Latest
‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’ कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न मानव अधिकार आयोगको आग्रह कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामति विधेयक आउन सक्दैनः सभापति खतिवडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको छ’



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सङ्कट समाधानका लागि वामपन्थी शक्तिबीच ध्रुवीकरणको प्रयास भइरहेको बताउनुभएको छ ।

पार्टीद्वारा नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज आयोजित विचार गोष्ठीमा उहाँले राष्ट्रियता, जनजीविका, सामाजिक रुपान्तरणलगायत विषयलाई उचित ढङ्गले अघि बढाउन कम्युनिष्ट सिद्धान्त तथा आदर्शप्रति समर्पित सबै समूहलाई एकताबद्ध गर्नुपर्ने बताउनुभयो ।

ठूला पार्टीको आत्मकेन्द्रित स्वार्थीपनका कारण जनताको समृद्धिको चाहना पूरा हुन नसकेको बताउँदै उहाँले जनतामा असन्तोष, विरोध र आक्रोश बढ्दै गएकाले यसको जिम्मेवारी ठूला पार्टीहरूले लिनुपर्ने टिप्पणी गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले आजका सङ्कटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति आफ्नो पार्टी भएको उल्लेख गर्नुभयो ।

पार्टीको महासचिव घनश्याम भुसालले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले प्रतिभा पलायन भइरहेको अवस्थामा संविधानका प्रगतिशील र समाजवादी पक्षलाई कार्यन्वयन गर्नुपर्ने जोड दिँदै प्रतिगामी शक्तिकाविरुद्ध सङ्घर्ष गर्न देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउनुभयो ।

उहाँले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताउनुभयो । पार्टी सचिव शेरबहादुर कुँवरले जनता र राष्ट्रका समस्या पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै मुलुकको विद्यमान समस्या समाधान गर्ने वैचारिक सामथ्र्य एकीकृत समाजवादीसँग रहेको बताउनुभयो । रासस