२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि

लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छ : पूर्वउपप्रधानमन्त्री निधि
अ अ+ अ-

ललितपुर। नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा निहित रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रसार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान विषयक बागमती प्रदेशस्तरीय कार्यक्रममा पूर्वउपसभापति निधिले गणतन्त्र र वर्तमान व्यवस्थाका पक्षमा जनतामा सकारात्मक धारणा विकास गराउन सङ्गठित सैद्धान्तिक, राजनीति र वैचारिक बहसलाई जोड दिनुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणाली चिरायू रहन्छ भनेर जनतालाई आस्वस्त पार्नुपर्छ, सरकार फेरिएला, नेता फेरिएलान्, चुनावबाट नेतृत्व परिवर्तन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो, जनताको अधिकार हो, २०८४ मा चुनाव हुँदा केही परिवर्तन हुन्छ, लोकतान्त्रिक पद्धतिको सफल प्रयोग जनताका पक्षमा गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

पूर्वउपसभापति निधिले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने भ्रमपूर्ण प्रचारलाई चिर्दै थप समृद्धि हासिल गर्न लाग्नुपर्ने अवस्था छ भन्नेमा नेता तथा कार्यकर्ताको ध्यानाकर्षण गराउनुभयो । “सहभागितमूलक नीतिनिर्माण र समावेशी शासन व्यवस्थाका लागि कांग्रेसले धेरै काम गरेको छ, पहिलेभन्दा धेरै परिवर्तन भएको छ, लोकतन्त्रमा दल, नेता र नेतृत्वलाई खबरदारी गर्न अधिकार जनतामा छ”, उहाँले भन्नुभयो ।

पूर्वउपप्रधानमन्त्री निधिले वर्तमान समयमा विषयमा  केन्द्रित रहेर गरिने बहसको अभाव हुँदै गएको छ भन्दै चिन्ता व्यक्त गर्नुभयो । “राष्ट्रको निर्माण, राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको छ, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको विकास राज्यको व्यवस्थित आम्दानी र खर्च प्रणाली, लोकतान्त्रिक राज्य प्रणालीको विकासमा नेपाली कांग्रेसले अतुलनीय योगदान गरेको छ, २००७ सालपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अभ्यास सुरुआत भयो, त्यसअघि राणाहरुको हुकुमी शासनका आधारमा हुन्थ्यो, गहिरिएर अध्ययन गर्ने हो भने आधुनिक राज्यको निर्माण र राज्य प्रणालीको व्यवस्थापनमा कांग्रेसले धेरै काम गरेको छ”, उहाँले भन्नुभयो ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पार्टीको इतिहास बुझाएर वर्तमान र भविष्यप्रति जिम्मेवार बनाउँदै युवाहरुलाई पार्टीमा सक्रिय बनाउन वैचारिक अभियान चलाउनुपर्ने बताउनु । “सामाजिक सञ्जाल आएका धारणाको आधारमा मात्रै पार्टीको धारणा बनाउनु पनि उचित हुँदैन, विगतको दुःखलाई मूल्याङ्कन गर्दै वर्तमानको परिस्थितिलाई मूल्याङ्कन गर्दै सुधार गरेर सुन्दर भविष्य निर्माणमा पार्टी क्रियाशील हुनुपर्छ, समानुपातिक समावेशी आधारमा संसदीय व्यवस्थाबाट नै यो सम्भव हुन्छ”, उहाँले भन्नुभयो ।

पार्टीको सूचना, सञ्चार तथा प्रसार विभागका प्रमुख एवं पार्टीको केन्द्रीय सदस्य मीन विश्वकर्माले जनजन र मनमनमा विकसित हुँदै गएको नकारात्मक धारणालाई अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । “देशव्यापी रुपमा पार्टीको बारेमा विकसित भएको नकारात्मक धारणा र गलत बुझाइलाई चिर्न आवश्यक छ, २००७ पछि नेपालको राष्ट्र निर्माणमा कांग्रेसका युवाहरुले दिएको योगदानका विषयमा अहिलेको युवाहरूलाई सचेत गराउनु आवश्यक छ, कांग्रेससँग कायम रहेको गौरवशाली विगत, जिम्मेवारीपूर्ण वर्तमान र समृद्ध भविष्यको सम्पूर्ण जनजनमा सत्यतथ्य इतिहास बुझाउन अनिवार्य भएको छ”, उहाँले भन्नुभयो ।

पार्टीको जिल्ला समन्वय तथा सम्पर्क विभागका प्रमुख एवं केन्द्रीय सदस्य नानु बाँस्कोटाले भ्रमपूर्ण र मिथ्याको राजनीतिलाई अन्त्य गर्ने नेपाली कांग्रेसले निरन्तर बहस र छलफललाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले आरोपप्रत्यारोपबाट मुक्त भएर तथ्य र तथ्याङ्कलाई जनतासामु पुर्‍याएर वर्तमान व्यवस्थाका सकरात्मक पक्ष र सत्यतथ्य उजागर गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको स्थापनाकालमा नै युवाहरूले नेतृत्व गरेकोले अब पनि जनतालाई आशा र भरोसा दिलाउने गरी पार्टीमा युवाहरूको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस ललितपुर जिल्ला सभापति जीतेन्द्रकुमार श्रेष्ठले पार्टीबाट टिकट पाएर निर्वाचन जितेका सांसदहरुले नै नेपाली कांग्रेसको नीतिविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका भन्दै नेपाली कांग्रेसको अनुशासन समिति सक्रिय भएर यसतर्फ सचेत गराउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

तथ्यमा आधारित राजनीति यात्रा विषयमा प्रस्तुतीकरण गर्नुहुँदै अग्रज पत्रकार हरिबहादुर थापाले १०४ वर्षे राणा शासन, २९ वर्ष तीन महिने पञ्चायती शासन र १४ महिने  ज्ञानेन्द्रकालीन शासनले नै आन नागरिकलाई आजित बनाएर उदारवादी गणतन्त्रको आवश्यक भएको बताउनुभयो ।

डा. जगत नेपालले कांग्रेसको आन्दोलनको इतिहास, प्रचारप्रसारमा मिडियाको महत्त्व र भूमिका, नेतृत्वमा रहेर विपी कोइरालाले खेल्नुभएको सकरात्मक भूमिका, विपी, गणेशमान र सुवर्ण शम्शेरले पुर्‍याउनुभएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । विभागका सदस्य एवं वरिष्ठ अधिवक्ता गणेश केसीले देशमा विकसित हुँदै गएको नकारात्मक धारणा र सोचलाई चिर्नुपर्ने धारणा राख्नुभयो ।रासस