२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भृकुटीमण्डपमा नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२ मा हुँदै



अ+ अ-

काठमाडौँ। नेपाली वस्तुको प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने मुख्य नारासहित १० औँ’ नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०८२’ आयोजना गरिने भएको छ ।

यही वैशाख २५ गतेदेखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी), ललितपुर उद्योग वाणिज्य सङ्घ, नेपाल हस्तकला महासङ्घको सहकार्यमा मेला आयोजना गरिँदैछ ।

आयोजकका अनुसार मेलामा नेपालसँगै मुख्यगरी चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्डलगायत देशका उद्योगी–व्यवसायीहरू सहभागी हुनेछन् । यो वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी स्टल राखिनेछन्, जहाँ विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछन् । आयोजकहरूले २० हजारभन्दा बढी अवलोकनकर्ता मेलामा आउने अपेक्षा राखेको छ ।

महासङ्घका अनुसार मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि उत्पादन, ऊर्जा, भवन निर्माण, व्यावसायिक शिक्षा तथा विद्युतीय सवारीसाधनजस्ता विभिन्न क्षेत्रका सामग्री प्रदर्शित हुनेछन् । साथै, मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट, द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीका सम्भावनामा पनि छलफल हुनेछ ।

मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पहिचान दिलाउने र विदेशी लगानी तथा प्रविधि भित्र्याउन सघाउने विश्वास व्यक्त गर्नुभयो । रासस