२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उसु महासंघको जज र डिप्लोमा कोर्षको मन्त्री चौधरीद्वारा उद्घाटन



अ+ अ-

काठमाडौँ। नेपाल उसु महासंघको ७ औं नेसनल उसु जज एक्जामिनेसन कोर्ष २०२५ र ११ औं नेसनल उसु डिप्लोमा एक्जामिनेसन कोर्ष २०२५ को उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

दशरथ रंगशाला, काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले खेलकुद क्षेत्र र खेलाडीहरूको समग्र विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। उनले खेलाडीहरूको हितमा आफू निरन्तर क्रियाशील रहेको पनि बताए।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाल उसु महासंघमा केही व्यक्तिहरूले कानुन विपरित गतिविधि गरिरहेको विषयमा आफू पूर्ण रूपमा जानकार रहेको बताए। यस्ता गतिविधि समयमै रोकिएन भने सरकारले हस्तक्षेप गरेर भएपनि खेलकुद क्षेत्र र खेलाडीहरूबीच देखिएको अन्यौल हटाउने चेतावनी पनि दिए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरू, विभिन्न खेलकुद संघका पदाधिकारी, उसुका प्रशिक्षकहरू तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

नेपाल उसु महासंघले देशभरबाट सहभागीहरूलाई समेटेर उक्त कोर्षहरू सञ्चालन गरिरहेको छ, जसले उसु खेलमा दक्षता र प्राविधिक ज्ञान बढाउने अपेक्षा गरिएको छ।