२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल उसु महासंघको जज र डिप्लोमा कोर्षको मन्त्री चौधरीद्वारा उद्घाटन



अ+ अ-

काठमाडौँ। नेपाल उसु महासंघको ७ औं नेसनल उसु जज एक्जामिनेसन कोर्ष २०२५ र ११ औं नेसनल उसु डिप्लोमा एक्जामिनेसन कोर्ष २०२५ को उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन्।

दशरथ रंगशाला, काठमाडौँमा आयोजित उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले खेलकुद क्षेत्र र खेलाडीहरूको समग्र विकासका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। उनले खेलाडीहरूको हितमा आफू निरन्तर क्रियाशील रहेको पनि बताए।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेपाल उसु महासंघमा केही व्यक्तिहरूले कानुन विपरित गतिविधि गरिरहेको विषयमा आफू पूर्ण रूपमा जानकार रहेको बताए। यस्ता गतिविधि समयमै रोकिएन भने सरकारले हस्तक्षेप गरेर भएपनि खेलकुद क्षेत्र र खेलाडीहरूबीच देखिएको अन्यौल हटाउने चेतावनी पनि दिए।

उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरू, विभिन्न खेलकुद संघका पदाधिकारी, उसुका प्रशिक्षकहरू तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

नेपाल उसु महासंघले देशभरबाट सहभागीहरूलाई समेटेर उक्त कोर्षहरू सञ्चालन गरिरहेको छ, जसले उसु खेलमा दक्षता र प्राविधिक ज्ञान बढाउने अपेक्षा गरिएको छ।