२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल
Oplus_131072
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकबारे विभिन्न ट्रेड युनियन कर्मचारी सङ्घ सङ्गठनसँग छलफल गरेको छ ।

समितिको आजको बैठकमा निजामती सेवासँग सम्बन्धित विभिन्न छ वटा ट्रेड युनियनका पदाधिकारीसँग उक्त विधेयकमा समेटिनुपर्ने विषयवस्तु र त्यसको औचित्यबारे जानकारी लिन छलफल गरिएको हो ।

ट्रेड युनियनका तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भई गएका कर्मचारीलाई पुनः छनोटका लागि एक पटक अवसर दिन, कुनै पनि पदमा पाँच वर्ष सेवा गरेकालाई एक तह तथा १० वर्ष वा सोभन्दा माथि गरेकालाई एक श्रेणी वृद्धि गरी तह मिलान गर्न सुझाव दिइयो ।

यस्तै, निजामती कर्मचारीको सरुवा प्रणालीलाई चक्रीय र पूर्वानुमान योग्य बनाइनुपर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहका जुनसुकै सेवामा रहे पनि खुला–आन्तरिक प्रतिस्पर्धाद्वारा बढुवा भएमा निवृत्तिभरण प्राप्तिमा सेवा अवधि जोड्ने व्यवस्था गर्न सुझाव दिइएको छ ।

विधेयकमा अस्थायी र करारमा काम गरेका कर्मचारीलाई एकपटक प्रतिस्पर्धाका लागि उमेर हद नलाग्ने गरी सिमित प्रतियोगिताको अवसर प्रदान गरिनुपर्ने तथा त्यसमा सफल नभएकालाई उपदानको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

स्थानीय तह र प्रदेशमा समायोजन भएका वा नियुक्त गरिएका कर्मचारीलाई अन्तर–प्रदेश सरुवाको व्यवस्था गर्न तथा स्वास्थ्य र संसद् सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टीकृत सेवाका रूपमा विकास गर्ने व्यवस्थाका लागि पनि आग्रह गरिएको छ ।

समितिले नेपाल चिकित्सक सङ्घ र सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनका पदाधिकारीसँग पनि छलफल गरेको थियो । समितिमा नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल मधेस निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी सङ्गठनका प्रतिनिधिले आ–आफ्ना सङ्गठनका तर्फबाट त्यससम्बन्धी राय सुझाव प्रस्तुत गर्नुभयो । रासस