२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् ।

एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई धन्यवादसमेत दिए । उनी नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा नेपाल आएका हुन् ।

कार्लोसले बुधबार दशरथ रङ्गशालामा हुने पोखरा र धनगढीबीच हुने दोस्रो क्वालिफायरको खेल हेर्न जाने तय भएको । सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाडी थिए । त्यसअघि ब्राजिलले सन् १९९८ मा विश्वकप फुटबलको फाइनल खेल खेल्दा पनि कार्लोस आफ्नो टोलीको मुख्य खेलाडी थिए ।