२८ भाद्र २०८३, आईतवार
,
Latest
बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेक लागेर बिरामी परेका दुई पर्यटकको उद्धार



अ+ अ-

ताप्लेजुङ। कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका दुई फ्रान्सेली पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीया नाडिन डेनिस एन्जेल मिशेल, गएको बुधबार कञ्चनजङ्घा बेस क्याम्प गएको र सोही क्रममा लेक लागेका कारण बिरामी हुनुभएको थियो । दुवै जना फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्साको एक गेस्ट हाउसमा फर्किएर बसिरहनुभएको थियो ।

घटनाबारे आज इलाका प्रहरी कार्यालय घुन्सामा जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी टोली खटिएको थियो । थप उपचारका आज दिउँसो मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । रासस