१६ असार २०८३, मंगलवार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्याग्रहीलाई कांग्रेसको समर्थन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले बसन्तपुर पुगेर ‘इनफ इज इनफ’ अभियानमा संलग्न युवाहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।  

नेताहरुले बसन्तपुर पुगेर आफुसँग भएका सम्झौता कार्यान्वयन गर्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुको अभियानमा समर्थन रहेको बताएका हुन । नेता प्रकाशमान सिंहले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी वातावारण कदम चाल्न नसकेको बताउनभुयो । आम जनतामा असुरक्षाको वातावारण बढ्दै गएकाले सरकारलाई गम्भिर हुन सत्याग्रहीहरुको माग रहेको उहाँले बताउनुभयो । कांग्रेसले संसद र पार्टीको केन्द्रीय समिति बैठकबाट समेत कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै आएको र अभियानमा संलग्न युवाहरुले स्वतन्त्र रुपमा उठाएका विषयहरु मेल खाएकाले पार्टीको समर्थन रहेको उहाँले बताउनुभयो ।

नेपाल विद्यार्थी संघक पूर्व सभापति नैनसिंह महरले कुनै पनि समुदाय र वर्गबाट सरकारले गरेका गलत कामहरुको विरुद्धमा आवाज उठेमा त्यसको समर्थन कांग्रेसले गर्ने बताउनुभयो ।

सिंह र महरसँगै कांग्रेस नेताहरु नवीन्द्रराज जोशी, रामहरी खतिवडा र काठमाडौं महानगरपालिकाका मेयर हरिप्रभा खड्की लगायतको सहभागिता रहेको थियो । सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो । आफुहरुसँग गरेका प्रतिवद्धताहरु पुरा नभएपछि अभियन्ताहरुले सत्याग्रह सुरु गरेका हुन् ।