२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश

चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश
अ अ+ अ-

काठमाडौं। पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायर टूमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सम्पन्न एलिमिनेटर खेलमा चितवन एफसीलाई ३-० गोलले हराउँदै पोखरा फाइनल नजिक पुगेको हो ।

पोखराको जितमा जोए अइडूले दुई गोल गरे । एक गोल पोखराले उपहारस्वरुप पायो । खेलको छैटौं मिनेटमा पोखराका अइडूको डि-बक्स बाहिरबाट सशक्त प्रहारलाई चितवनका गोलरक्षक अमाल नाइटले उत्कृष्ट बचाउ गर्दै विफल पारे ।

१० औं मिनेटमा अइडूले नै पुनः डि-बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टबाहिर लाग्यो । उनले बललाई उचित दिशा दिन सकेनन् । २३ औं मिनेटमा चितवनले अग्रता लिने अवसर गुमायो । सुमित श्रेष्ठले डि-बक्सभित्र पाएको गोल गर्ने मौकालाई सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल पोस्ट बाहिर गयो ।

५४ औं मिनेटमा पोखराका अइडूले प्रहार गरेको बल आकाशिन पुग्यो । बलसँग उनको तालमेल नमिल्दा उनी गोल गर्नबाट चुके । ६३ औं मिनेटमा पोखराले अग्रता लियो । चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरे ।

स्टेफान समीर बिलोङले प्रहार गरेको बलमा चितवनका गोलकिपरबाट रिबाउन्ड आउँदा समीर तामाङले क्रस गरे, उक्त बल चितवनका लिम्बुलाइ लागेर गोलमा परिणत भयो । ७१ औं मिनेटमा पोखराले अग्रता दोब्बर पार्यो । अइडूले गोल गर्दै पोखरालाई जिततर्फ अघि बढाएका हुन् ।

त्यसलगत्तै चार मिनेटपछि पोखराले अग्रता तेब्बर पार्यो । अइडूले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गरे । चन्दन कुमार दासले उपलब्ध गराएको बलमा उनले ट्यापिङ गर्दै वान टचमै गोल गरे । योसँगै पोखराले अब फाइनल प्रवेशका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, ललितपुरले पहिलो क्वालिफायरमा धनगढीलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।