२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश



अ+ अ-

काठमाडौं। पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को क्वालिफायर टूमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भर्खरै सम्पन्न एलिमिनेटर खेलमा चितवन एफसीलाई ३-० गोलले हराउँदै पोखरा फाइनल नजिक पुगेको हो ।

पोखराको जितमा जोए अइडूले दुई गोल गरे । एक गोल पोखराले उपहारस्वरुप पायो । खेलको छैटौं मिनेटमा पोखराका अइडूको डि-बक्स बाहिरबाट सशक्त प्रहारलाई चितवनका गोलरक्षक अमाल नाइटले उत्कृष्ट बचाउ गर्दै विफल पारे ।

१० औं मिनेटमा अइडूले नै पुनः डि-बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टबाहिर लाग्यो । उनले बललाई उचित दिशा दिन सकेनन् । २३ औं मिनेटमा चितवनले अग्रता लिने अवसर गुमायो । सुमित श्रेष्ठले डि-बक्सभित्र पाएको गोल गर्ने मौकालाई सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल पोस्ट बाहिर गयो ।

५४ औं मिनेटमा पोखराका अइडूले प्रहार गरेको बल आकाशिन पुग्यो । बलसँग उनको तालमेल नमिल्दा उनी गोल गर्नबाट चुके । ६३ औं मिनेटमा पोखराले अग्रता लियो । चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरे ।

स्टेफान समीर बिलोङले प्रहार गरेको बलमा चितवनका गोलकिपरबाट रिबाउन्ड आउँदा समीर तामाङले क्रस गरे, उक्त बल चितवनका लिम्बुलाइ लागेर गोलमा परिणत भयो । ७१ औं मिनेटमा पोखराले अग्रता दोब्बर पार्यो । अइडूले गोल गर्दै पोखरालाई जिततर्फ अघि बढाएका हुन् ।

त्यसलगत्तै चार मिनेटपछि पोखराले अग्रता तेब्बर पार्यो । अइडूले व्यक्तिगत दोस्रो तथा टोलिका लागि तेस्रो गोल गरे । चन्दन कुमार दासले उपलब्ध गराएको बलमा उनले ट्यापिङ गर्दै वान टचमै गोल गरे । योसँगै पोखराले अब फाइनल प्रवेशका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै, ललितपुरले पहिलो क्वालिफायरमा धनगढीलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।