२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर

‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर
अ अ+ अ-

गण्डकी। ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक हिसाबले महत्वपूर्ण भएर पनि ओझलमा परेको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर कोटिहोमका कारण चर्चामा आएको छ ।

मानव सेवा फाउन्डेसनले पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित हरिहर मन्दिरको व्यवस्थापन तथा सञ्चालनका लागि ‘कोष’ खडा गर्ने र पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ काटिहोम गर्ने भएपछि अहिले क्षेत्रमा मन्दिरको चर्चापरिचर्चाले प्राथमिकता पाएको हो ।

कोटीहोम गर्ने स्थानका सम्बन्धमा सुरुमा विवाद भएपछि पोखरा महानगरपालिकाले गठन गरेको पाँच सदस्यीय समितिको सुझावबमोजिम विरौटामा गण्डकी शत कुण्डीय गायत्री कोटिहोम हुने भएको हो । सो कोटिहोममा धार्मिक सङ्घसंस्था, व्यक्ति तथा स्थानीय जनताको मात्र नभई स्वदेश तथा विदेशका मानिस समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिने भएकाले हरिहर मन्दिर परिचित हुने र मन्दिरको कोष खडा भएपछि सञ्चालन तथा व्यवस्थापनमा सहज हुने धाराणा आयोजकबाट आएको छ ।

किंवदन्तीअनुसार तत्कालीन कास्कीकोटका राजा कुलमण्डल शाहलाई सेती नदीस्थित सीताघाटमा स्नान गर्ने क्रममा हरिहरको दर्शन प्राप्त भई सो क्षेत्र देवदेवीको बासस्थान भएको दिव्यवाणी भएपछि खोज्दै जाँदा काफ्ली गाईले दूध चढाइरहेको शिला भेटिएपछि सोही स्थानमा मन्दिर स्थापना गरी नित्य पूजाआजा सञ्चालन गर्न थालिएको हो ।

स्थापनाकालको मन्दिर जीर्ण भएपछि मौलिक स्वरुपमा परिवर्तन नहुने गरी मर्मतसम्भार गरिएको र अहिले दर्शन तथा पूजाआजाका लागि भक्तजन आउने गरे पनि मन्दिर ओझेलमा परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र शर्मा भण्डारीले जानकारी दिनुभयो ।

मन्दिर निर्माण भई नित्यरुपमा पूजाआजासहित सञ्चालनका लागि पोखरा महानगरपालिका–१७ पार्दी–विरौटामा २९ रोपनी १२ आना जग्गा गुठीअन्तर्गत रहेको १८६४ सालको लालमोहरले पुष्टि गरेको छ । तर राजगुठीका नाममा दर्ता भएको सो जग्गा भूमाफियाको चलखेलबाट बचाउन आफूहरू सफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार हरिहरको दर्शन गर्दा आफूले सोचेको पुग्ने हुँदा प्रत्येक वर्ष माघे सङ्क्राान्तिका दिन लाग्ने ढुङ्गेसाँघु मेला, शिवरात्रि, रामनवमीलगायतका विभिन्न पर्वका अवसरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । उक्त धार्मिक क्षेत्रमा निर्माण भएको १०८ शिवलिङ्ग र १०८ गौमुखे पानीका धाराले सो स्थानको आकर्षण बढाएको छ ।लामो समयसम्मको स्थानीयको अथक प्रयासका कारण भूमाफियाको अधिकारबाट खोसेर जग्गा मन्दिरको नाममा ल्याउन सफल भइएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “त्यही जग्गामा अहिले हरिहरको शक्तिले कोटिहोम हुन गइरहेका कारण यस तीर्थस्थल विश्वसामु परिचित हुने विश्वास छ । त्यसमा सबैको साथ–सहयोगको अपेक्षा गरेका छौँ ।”

सीताघाटमा स्नान गरी हरिहर मन्दिर, अकालादेवी, सीताको पाइला, राम मन्दिर, सिद्धेश्वरलगायतका देवदेवीको बासस्थान रहेको सो स्थानमा हुन लागेको कोटिहोममा स्वदेश तथा विदेशबाट आउने गुरु, सन्त–महन्थ, महात्मा, वाचकलगायत सम्पूर्ण भक्तजन आउने र त्यसले प्रचारप्रसारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

सेतीनदीमाथि प्राकृतिक पुल ढुङ्गेसाँघु सोही क्षेत्रमा रहेको छ । हरिहरको शक्तिको कारण ढुङ्गा र माटोबाट निर्मित पुलले मानव निर्मित यातायातका साधनलाई समेत आवतजावतमा सुविधा पुगेको छ । पोखराको लेक साइडस्थित बाराहीघाटमा हुने कोटिहोम विवाद भएपछि पाँच सदस्यीय सुझाव समितिसहित सर्वपक्षीय भेलाको सिफारिसमा विरौटामा यही वैशाख १६ देखि जेठ २६ गतेसम्म कोटिहोम सञ्चालन हुन लागको हो । यसै सन्दर्भमा बाराही घाटमा क्षमा पूजासहित यही वैशाख ३ गते विधिपूर्वक भूमिपूजनसमेत सम्पन्न भएको छ ।

विश्व शान्तिको कामना गर्दै पर्यटकीय नगरी पोखरालाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथद्वारका रुपमा परिचित गराउने र ऐतिहासिक महत्वको हरिहर मन्दिरलाई देशविदेशमा समेत स्थापित गराउने लक्ष्यका साथ कोटिहोम आयोजना गर्न लागेको मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष एवं महायज्ञ सङ्कल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति महाराजले जानकारी दिनुभयो ।

यसैगरी गण्डकी प्रदेशका शास्त्रवर्णित सम्पूर्ण धार्मिक क्षेत्र, तीर्थस्थल, मठमन्दिरको महत्वलाई स्वदेश तथा विदेशमा समेत परिचित गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कोटिहोमको माध्यमबाट धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई राष्ट्रिय  तथा अन्तरराष्ट्रिस्तरमा पु¥याउँदै पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वाससहित वैदिक ज्ञान, धर्म, परम्परालाई आधुनिक समाजमा पुनःस्थापित गर्दै वैज्ञानिक, सामाजिक र आध्यात्मिक पक्षको उजागर गर्न सहयोग पुग्नेछ ।

“पोखरामा कोटिहोम गर्नका लागि सुरुका दिनमा केही विवाद भए पनि पछिल्लो समयमा सबैको अपनत्व हुने गरी सदाशिवजी हरिहरको शक्तिको प्रभावले मन्दिरकै गुठी जग्गामा हुन लागेको छ,” उहाँले भन्नुभयो, “कोटिहोममा सबै क्षेत्रको सक्रिय सहभागिता रहने विश्वास छ ।

सो मन्दिरसहित आसपासको झन्डै ८० रोपनी जग्गाभित्र १०० कुण्ड निर्माण गरिएको छ जसमा आचार्य, ब्राह्मणसहित ३०० जनाले जौ–तिल, घ्यू–चामल र अन्य द्रव्य मिश्रित ‘चरु’ तयार गरी डेढ महिनासम्म नित्य होमहोमादी गरिने विधिलाई ‘कोटिहवन’ भनिन्छ ।

मुक्तिनाथ दर्शन गर्ने प्रत्येक तीर्थालु भक्तजनले ल्याएको जल हरिहर मन्दिरमा चढाउने र विधिपूर्वक गरिएको होमनको विभूति (खरानी) स्वस्ति शान्तिको प्रतीकका रुपमा प्रत्येकको घरघरमा पु¥याउने लक्ष्य कोटिहोमको छ । यसबाट हरिहर मन्दिरको महत्व थप उचाइमा पुग्ने विश्वास लिइएको छ ।

कोटिहोमको पूर्वसन्ध्यामा साइकल, मोटर साइकल, कार तथा डुङ्गा ¥याली, भूमिपूजन, महायज्ञको पूर्वाङ्ग, सामूहिक विवाह, व्रतवन्ध र चौरासी पूजा गरिने कार्यक्रम रहेको सङकल्पकर्ता बालयोगेश्वरले राससलाई बताउनुभयो । प्रवचनमा आउने भक्तजन तथा दर्शकले दिएको स्वेच्छिक दान लिइने बताउँदै कोटिहोम सम्पन्न गर्न ठूलो धनराशि खर्च हुनेछ, सो खर्च कटाएर बाँकी मन्दिर व्यवस्थापन तथा सञ्चालनमा प्रयोग हुने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीका अनुसार कोटिहोमले यस क्षेत्रको धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसारमा महत्वपूर्ण उपलब्धि पुग्नाका साथै पोखरा भ्रमण वर्षलाई समेत सहयोग पुग्नेछ । उहाँले यस किसिमको पवित्र धार्मिक कार्यमा सम्पूर्ण वडावासीको साथ–सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष शाही भन्नुहुन्छ, “कोटिहोमबाट धार्मिक ज्ञान प्राप्त गर्नाका साथै स्थानीय बासिन्दाको आयआर्जनसँग पनि जोडिनु अपरिहार्य छ । सो कोटिहोम सञ्चालन, व्यवस्थापन तथा सहजीकरणका पक्षमा पोखरा महानगरपालिका रहेको आयोजकले स्पष्ट गरेको छ । रासस