५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, गृहको चेतावनीसँगै सुरक्षा व्यवस्था कडा



अ+ अ-

काठमाडौं । संवैधानिक राजतन्त्रसहितको हिन्दू राज्य स्थापनाको माग गर्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको छ । चैत १५ गते पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको रिहाइको मागसमेत राप्रपाको छ । उसले दिउँसो १२ बजे राजावादीहरुलाई बिजुलीबजारमा भेला हुन आह्वान गरेको छ ।

राप्रपाले बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार नै आज निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो । सरकारले निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा कुनै पनि प्रदर्शन गर्न पाइँदैन । तर राप्रपाले त्यहि ठाउँमा प्रदर्शन गरेर सरकारलाई दबाब दिने निर्णय गरेको हो ।

बिजुलीबजारमा भेला भएर राप्रपाका नेता तथा कार्यकर्ता नाराबाजी गर्दै नयाँ बानेश्वरमा पुगेर निषेधित क्षेत्र तोड्ने प्रयास गर्ने छन् । संसद् भवन भएकाले बानेश्वर आसपासमा कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ । बिजुलीबजारबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नै जुलुसको नेतृत्व गर्ने बताइएको छ ।

यसैगरी राप्रपाले सिंहदरबार अगाडि भद्रकाली र प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।

राप्रपाका प्रदर्शनलाई राजसंस्था पुनस्र्थापना संघर्ष समितिले समर्थन गरेको छ । राप्रपाको प्रदर्शनलाई मध्यनजर गरेर बिहानैदेखि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सरकारको कडा चेतावनी

राप्रपाले काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।

मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् ।

मन्त्रालयले त्यस्ता गतिविधि भए कानुन अनुसार कारबाही हुनेबारे सचेत गराएको छ ।

मन्त्रालयले संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ ।

’यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने ब्योहरा सूचित गरिन्छ। साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।