२९ मंसिर २०८२, सोमबार
,
Latest
उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका छ पालिकाद्वारा नमूना अभ्यास



अ+ अ-

कैलाली। जिल्लाको कैलारी गाउँपालिकामा सुदूरपश्चिम प्रदेशका छ वटा स्थानीय तहको सहभागितामा नमूना गाउँसभा/नगरसभा अभ्यास गरिएको छ ।

गाउँपालिकाको सभाहलमा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पुना डोटीको आयोजनामा धनगढीमा नगरसभा÷गाउँसभाको नमूना अभ्यास गरिएको हो ।

नेपालको संविधानको धारा २२७ बमोजिम गाउँसभा तथा नगरसभाको कार्य सञ्चालन प्रदेश कानुन बमोजिम हुने प्रावधान रहेकाले सोका लागि प्रदेशले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी ऐन, २०७५ जारी गरेको छ । सोही ऐन बमोजिम सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा छ पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिको सहभागितामा नमूना अभ्यास गरिएको प्रतिष्ठानले जनाएको छ ।

नमूना गाउँसभा अभ्यास कार्यक्रममा गाउँपालिकाकोले वर्षे अधिवेशन र हिउँदे अधिवेशनमा गर्दै आइरहेको सम्पूर्ण प्रक्रियाका बारेमा अभ्यास गरेको छ । कार्यक्रमको सहजीकरण अधिवक्ता झङ्कर कुँवर, तेजराज उपाध्यक्ष र राजेन्द्रविक्रम शाहीले गर्नुभएको थियो ।

नगरसभा/गाउँसभा डेमो (नमूना अभ्यास) कार्यक्रममा डडेल्धुराको नवदुर्गा, अजयमेरु गाउँपालिका, अमरगढी नगरपालिका र बैतडीको पञ्चेश्वर, सिगास, डिलासैनी गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, समितिका सभापतिको सहभागिता थियो ।

गाउँपालिकामा आउनुभएका सबैलाई गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, सामाजिक विकास समितिका सभापति सन्तराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, सामाजिक विकास शाखा प्रमुख यगम कलेल, योजना शाखाका प्रमुख सन्तोषकुमार चौधरी, प्रशासन शाखा प्रमुख सोमप्रसाद चौधरीलगायतले स्वागत गर्नुभएको थियो ।