१२ श्रावण २०८३, मंगलवार
,
Latest
इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भोलि थाइल्याण्डको बैंकक जानुहुने भएको छ ।

यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

यस सत्रको विषय वस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।

उहाँहरु यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।