५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको कार्यकाल समाप्त भएको छ । ६ वर्षअघि प्रमुख निर्वाचन आयुक्त बनेका थपलियालाई आज आयोगमा एक कार्यक्रम आयोजना गरेर अन्य पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् ।

थपलियाले ०७६ सालदेखि निर्वाचन आयोगको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा ०७९ सालमा तीनवटै निर्वाचन सम्पन्न भएका थिए ।

थपलियाको कार्यकालमा निर्वाचन आयोगले दल विभाजनसम्बन्धी विवादहरुको सामना गर्नुपरेको थियो । उनकै कार्यकालमा जिनर्वाचन सम्बन्धी एकीकृत कानून बनाउने प्रयास आयोगले गरे पनि सरकारले त्यसलाई गम्भीर रुपमा नलिँदा थपलिया त्यसमा भने सफल हुन सकेनन् । साथै राजनीतिक दलसम्बन्धी कानून संशोधनको प्रयास पनि अधुरै रह्यो ।

तर, थपलियाको नेतृत्वमा निर्वाचन आयोगले देखिने गरी भूमिका खेलेको भन्दै उनको प्रशंसा हुने गरेको छ । कतिपयले उनलाई नेकपा एमाले निकट रहेको आरोप लगाउने गरे पनि एकीकृत समाजवादी पार्टी फुटाउने र अध्यादेश ल्याउने लगायतका एमालेका प्रयासहरुलाई थपलियाले साथ दिएनन् ।