२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज आरसीबी भर्सेस पीबीकेएसः ब्याटिङमा कोहली र अय्यर भिड्दै



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले शुक्रबार पञ्जाब किंग्स (पीबीकेएस) को सामना गर्दैछ। बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ ।

यो सिजनमा दुवै टोली पहिलो पटक भिड्दैछन्। दुवै टोली गत वर्ष बेंगलुरुको मैदानमा आमनेसामने भएका थिए। उक्त खेल आरसीबीले ४ विकेटले जितेको थियो।

रजत पाटीदारको कप्तानीमा, आरसीबीले ४ खेल जितेको छ र २ हारेको छ। श्रेयस अय्यरको नेतृत्वमा रहेको पीबीकेएसले पनि ४ खेल जितेको छ र २ हारेको छ।

हेड–टु–हेड

आईपीएलको इतिहासमा अहिलेसम्म आरसीबी र पीबीकेएस बीच ३३ खेल खेलिएका छन् । यसमा आरसीबीले १६ खेल जितेको छ भने पञ्जाबले १७ खेल जितेको छ। बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा दुई टोलीबीच अहिलेसम्म १३ खेल खेलिएको छ। जसमा बेंगलुरुले ८ र पञ्जाबले ५ जितेको छ ।

आरसीबीका लागि विराट कोहली टप स्कोरर

रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याट्सम्यान विराट कोहली टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ६ खेलमा कुल २४८ रन बनाएका छन्। उनले मुम्बई विरुद्ध ६७ रनको इनिङ खेले। त्यसअघि उनले कोलकाता विरुद्ध अविजित ५९ रन बनाएका थिए। उनले पछिल्लो खेलमा राजस्थान विरुद्ध ६२ रनको अविजित इनिङ खेलेका थिए।

यस्तै, टोलीका जोश हेजलवुड विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। उनले ६ खेलमा जम्मा ९ विकेट लिएका छन्।

कप्तान श्रेयस पीबीकेएसका सर्वाधिक रन स्कोरर

पञ्जाब किंग्सका कप्तान श्रेयस अय्यर टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ६ खेलमा कुल २५० रन बनाएका छन् । सिजनको पहिलो खेलमा उनले गुजरात टाइटन्स विरुद्ध ४२ बलमा ९७ रनको अविजित इनिङ खेले।

यस्तै, बलिङमा अर्शदीप सिंह टोलीका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ६ खेलमा ८ विकेट लिएका छन् ।

दुवै टोलीको सम्भावित प्लेइङ–१२

पञ्जाब किंग्सः श्रेयस अय्यर (कप्तान), प्रियांश आर्य, प्रभसिमरन सिंह (विकेटकीपर), नेहल वढेरा, शशांक सिंह, ग्लेन म्याक्सवेल, जोश इङ्लिस, जेभियर बार्टलेट, मार्को जेन्सेन, युजवेन्द्र चहल, अर्शदीप सिंह, हरप्रीत ब्रार।

रोयल च्यालेन्जर्स बेंगलुरु: रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङस्टोन, जितेश शर्मा (विकेटकीपर), क्रुणाल पाण्ड्या, टिम डेभिड, भुवनेश्वर कुमार, जोस हेजलवुड, यश दयाल, सुयश शर्मा।