९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

शिक्षकको आन्दोलन किन टुंगिएन ? विकल्प के ?

शिक्षकको आन्दोलन किन टुंगिएन ? विकल्प के ?
अ अ+ अ-

काठमाडौं । देशभरका सामुदायिक विद्यालयका शिक्षक विद्यालय शिक्षा ऐन जारी गर्दै सरकारमाथि दबाबदिँदै काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । चैत २० गतेदेखि सुरु गरेको आन्दोलनले आज १७ औं दिन पूरा गर्दै छ । तर शिक्षक आन्दोलन स्थगित भएको छैन ।

शिक्षकको आन्दोलनका कारण देशभरका २९ हजार सामुदायिक विद्यालयका ५० लाखभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । वैशाख १ गतेदेखि सुरु भएको नयाँ शैक्षिक सत्र अन्योलमा छ । विद्यार्थी भर्ना अभियान प्रभावित छ । सरकारले वार्तामा बोलाएर पनि शिक्षकहरु जान मानेका छैनन् । एकोहोरो तरिकाले शिक्षा ऐन जारी गर्दै माग गरिरहेका छन् ।

शिक्षकको आन्दोलनकै कारण एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन । परीक्षाफल प्रकाशनमा ढिलाइ हुँदै छ । कतिपय विद्यालयको कक्षा ८ को नतिजासमेत सार्वजनिक भएको छैन । अभिभावकहरु आफ्ना नानीबाबुलाई कहाँ भर्ना गर्ने भन्ने चिन्तामा छन् । अर्कोतिर निजी विद्यालय भने निर्वाध सञ्चालन भइरहेका छन् । यसले सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय मारमा परेका छन् ।

शिक्षकले उठाएका मागले शिक्षा क्षेत्रमा गहिरो बहस सिर्जना गरेको छ । ती माग शिक्षकहरूको वृत्ति विकास, सेवा सुरक्षा र समग्र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यबाट प्रेरित छन् ।

आन्दोलनरत शिक्षकहरूले अस्थायी शिक्षकको स्थायीकरण, राहत शिक्षकको दरबन्दी व्यवस्थापन, विद्यालय कर्मचारीको स्थायित्व, प्रारम्भिक बाल शिक्षाको व्यवस्थित प्रावधान, कक्षा १२ सम्म नि:शुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन, शिक्षकको पेन्सन र तलबमानमा सुधार लगायतका माग राखेका छन् ।

यस्तै प्रधानाध्यापक नियुक्ति प्रक्रियाको पुनरावलोकन, शिक्षक बढुवा प्रणालीमा पारदर्शिता, शिक्षक काउन्सिलको आवश्यकता, सरुवा तथा मूल्यांकन प्रक्रियामा निष्पक्षता, दुर्गम भत्ताको औचित्य, दरबन्दीको वैज्ञानिक व्यवस्थापन, निजी विद्यालयका शिक्षकको हकहितको संरक्षण र ट्रेड युनियन अधिकारको सुनिश्चितता जस्ता विषय आन्दोलनका मुख्य माग हुन् ।

शिक्षकले राखेका सबै माग एकैपटक पूरा गर्न सकिने अवस्था नभए सरकारले उनीहरुलाई विश्वस्त बनाउन सक्नुपर्छ । विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाई गर्नु हुँदैन । अहिले संसद्को शिक्षा समितिमा विचाराधीन विधेयकमाथि सहमति जुटेको छैन । धेरै वटा संशोधन परेकाले विधेयकमा सहमति जुटाउन निकै हम्मेहम्मे हुने छ । यो अवस्थामा राजनीतिक दलहरुबीच सहमति कायम गरेर विधेयकमा सहमति जुटाउँदै संसद्को १२ गतेदेखि सुरु हुने बजेट अधिवेशनको सुरुमै पारित गर्ने वातावरणसहितको प्रतिबद्धता जनाउनुपर्छ ।

शिक्षकका माग अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास र नेपालको विशिष्ट आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई ध्यानमा राखेर सम्बोधन गर्नुपर्छ । सरकारले यी मागहरूको सम्भाव्यता अध्ययन गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्न ठोस योजना बनाउनुपर्छ । शिक्षकहरूले पनि आफ्ना मागलाई रचनात्मक र व्यावहारिक रूपमा प्रस्तुत गर्दै सरकारसँग सहकार्य गर्नुपर्छ । शिक्षा क्षेत्रको दीर्घकालीन सुधारका लागि सबै सरोकारवालाहरूको सकारात्मक भूमिका अपरिहार्य छ ।

सरकारसँग उधारो सहमति नगर्ने अडान शिक्षकले राखेका छन् । यो उचित नहुन सक्छ । सरकारसँग माग राखेर आन्दोलन गर्ने तर वार्तामै नबस्ने भन्ने हुँदैन । सरकारले पनि शिक्षकका जायज र तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्नुपर्छ । अरु माग कति पूरा गर्न सकिन्छ कि सकिँदैन भने समिति नै गठन गरेर सुझाव लिन सकिन्छ । यसरी मध्यमार्गी उपाय खोज्न सके शिक्षक आन्दोलन रोकिने मात्रै होइन, शैक्षिक क्षेत्र नै अस्तव्यस्त हुनबाट जोगाउन सकिन्छ ।